एमसीसी पारित नगर्ने अडानसहित गठबन्धन जोगाउन पहल गर्ने माओवादीकाे निष्कर्ष

काठमाण्डाै – अमेरिकी सहयाेग एमसीसी सम्झौता र यसका कारण विकसित घटनाक्रमबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रवार बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने अडान राख्दै आएको छ । छलफलमा अहिले बनेको सत्तारुढ गठबन्धनको उद्देश्य प्राप्ति भइनसकेकाेले...