मुगुका दुई पालिकामा अझै पुगेन पाठ्यपुस्तक, सात हजार विद्यार्थी अन्योलमा

शैक्षिक सत्र सुरु भएको लामो समय बित्दा पनि मुगुको खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा अझै पाठ्यपुस्तक पुगेको छैन। डेढ महिना बित्दासम्म पाठ्यपुस्तक नपुगेपछि दुई गाउँपालिकामा रहेका ७८ विद्यालयमा अध्ययनरत करिब...

सम्बन्धित सामग्री

नेविसंघले ५५ औं स्थापना दिवसमा सबै पालिकामा ज्ञापनपत्र बुझाउने

४ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ६ वैशाखमा आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा ७५३ स्थानीय तहमा विज्ञप्ति बुझाउने भएको छ । विज्ञप्ति बुझाउन नेविसंघले सबै पालिकामा आफ्ना प्रतिनिधि समेत खटाएको छ …

एसईई दिन अर्को पालिकामा

मकवानपुरको एक दुर्गम पालिकाका विद्यालयका छात्रछात्रा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन अझै अर्को पालिकामा जानुपर्ने बाध्यता हट्न सकेको छैन । चैत १५ गतेदेखि सुरु हुने एसईई दिन विकट कैलाश गाउँपालिकाका विद्यार्थी छिमेकी थाहा नगरपालिका र मनहरी गाउँपालिकास्थित केन्द्रमा गएर परीक्षा दिन बाध्य छन् ।

रनिङ सिल्डबाट फर्किएका विद्यार्थीमाथि आक्रमण, तीन जना घाइते

रनिङ सिल्ड सक्काएर घर फर्किने क्रममा बुढीनन्दा नगरपालिकाका विद्यार्थी माथि आफ्नै पालिकामा आक्रमण भएकाे हो।...

पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा

पर्वत, ४ माघ । एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु, शिक्षक तथा कर्मचारीको सेवा शुल्क बढ्दै जानुजस्ता कारणले क्याम्पस धरासायी बन्दै गएका हुन् । फलेबास नगरपालिका–६ देवीस्थानस्थित जिल्लाकै पुरानो […]

जनतालाई पानी छैन, मूर्तिमा बजेट खन्याउँछन् जनप्रतिनिधि

मूर्तिमा बजेट खन्याउनेमध्ये कतिपय पालिकामा यस्तो दृश्य पनि देखिन्छ- झ्याल भत्केका कक्षा कोठामा विद्यार्थी जाडोले सिउसिउ गर्दै पढिरहेका छन् ।

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

रोल्पा गंगादेवको स्थानीय सरकारले शैक्षिक व्यवस्थापनका लागि विद्यालय मर्ज योजना लागू गर्ने भएको छ । च्याउसरी उम्रिएका बिद्यालय केवल रोजगारका भर्तीकेन्द्र बनेको भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले विद्यार्थीको संख्या र विद्यालयको आवश्यकतालाई मध्यनजर गरी विद्यालय मर्ज कार्यक्रम ल्याएको बताए ।अध्यक्ष पुनले हाल पालिकामा रहेका विद्यालयको अनुगमन गरिरहेका छन् । उनले विद्यार्थी र शिक्षकहरूको संख्या […]

सिङ्गो पालिकामा मावि दरबन्दी शून्य, निमाविमा दरबन्दीमा पनि एक मात्रै

गोरखाको चुमनुब्री गाउँपालिकामा कक्षा १० सम्म पढाई हुने दुईवटा विद्यालय छ। २२ वटा विद्यालय रहेको त्यहाँ एउटामा कक्षा ८ र १९ वटामा कक्षा ५ सम्म मात्रै पढाई हुन्छ। यी सबै विद्यालयमा गरी एक हजार एक सय ५० जना विद्यार्थी अध्ययनरत छन्।...

नेकपा एमाले धादिङ ८ पालिकाको नेतृत्व चयन, एक पालिकामा महिला नेतृत्व

धादिङ  । नेकपा एमाले धादिङको जारी पालिका अधिवेशन अन्तर्गत जिल्लाको आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ ।महाधिवेशनको संघारमा एमालेले स्थानीय तहमा रहेका संगठनहरुलाई परिचालित गर्दै महिला, किसान, युवा, विद्यार्थी संगठनहरु समेत क्रियाशिल गरेको छ । जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका गरि १३ पालिका मध्ये आठ वटा पालिकामा नयाँ नेतृत्व चयन भएका हुन। बाँकी […]

मनाङका स्थानीय तहमा पनि बेरुजू : विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजू रकम देखिएको छ । यहाँका चारओटै पालिकामा बेरुजू रकम देखिएको छ । यो बेरुजू सबैभन्दा धेरै शिक्षा क्षेत्रमा रहेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो ।   नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक भवन निर्माण तथा अनुदानमा अनियमितता रहेको पाइएको छ । आवश्यक कागजात तथा सकल बिल भरपाई पूरा नहुँदा यहाँ अनियमितता बढ्दै महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक गरिएको ५८औं लेखा परीक्षण प्रतिवदेनमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ मा सदरमुकाम चामे गाउँपालिकामा २ करोड २३ लाख ७५ हजार बेरुजू देखिएको छ । त्यसमध्ये असुल गर्नुपर्ने ७ लाख ४२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २१ लाख ९३ र नियमित गर्नुपर्ने १ करोड ९४ लाख ४० हजार बेरुजू रहेको छ । सो प्रतिवेदनमा गाउँपालिकाले लोकप्रिय माविको आवासीय भवन निर्माणका लागि ३९ लाख पेश्कीमा ६१ लाख ७५ हजार भुक्तानी गरेको पाइएको छ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा २ करोड १० लाख १४ हजार बेरुजू देखिएको छ । यसमध्ये असुल गर्नुपर्ने ३८ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४८ लाख ६८ हजार र नियमित गर्नुपर्ने १ करोड चार लाख ५२ हजार र पेश्की १८ लाख बेरुजू देखिएको छ । महालेखा परीक्षणका अनुसार ङिस्याङले पनि विद्यालय अनुदानमा बढी भुक्तान गरेको र पेश्की फछ्र्योट नभएको देखाएको छ ।     मनाङको प्रवेशद्वार नासो गाउँपालिकामा २ करोड ३५ लाख ७६ हजार अनियमितता भएको पाइएको छ । यसमध्ये असुल गर्नुपर्ने १२ लाख ७१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड ४ लाख २४ हजार, नियमित गर्नुपर्ने १ करोड १८ लाख ८१ हजार बेरुजू छ । गाउँपालिकाले विद्यालय अनुदानमा ३० लाख ३१ हजार ४३० खर्च गरेकोमा बिल भरपाई प्रतिवेदनमा पेश नभएको महालेखा परीक्षणमा देखिएको उल्लेख छ । नासोंको भ्रमण खर्चमा अनियमितता भएको प्रतिवेदनमा देखिएको छ । त्यस्तै हालसम्म पनि सडक सञ्जालले छुन नसकेको गाउँपालिका नार्पा भूमिमा २ करोड ७३ लाख ६ हजार बेरुजू भएको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये असुल गर्नुपर्ने २० लाख ३८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड २ लाख ३० हजार, नियमित गर्नुपर्ने १ करोड ५० लाख ८ हजार बेरुजू देखिएको छ । गाउँपालिकाले पेश्की फछ्र्योट तथा बेरुजू संपरीक्षण गर्नुपर्ने भए पनि नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औं प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ ।    प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ । मनाङको फु आधारभूत विद्यालयमा बालविकासबाहेक अन्य विद्यार्थी छैनन् तर गाउँपालिकाले विद्यालयका दुई स्थायी र एक करार गरी तीन शिक्षकको तलब, भत्तालगायत सुविधाका लागि वार्षिक १२ लाख ६५ हजार निकासा गर्दै आएको प्रतिवेदनमा पाइएको छ । यस्तै ङिस्याङ गाउँपालिकाअन्तर्गतको ङावल आधारभूत विद्यालयमा विद्यार्थी नै नभएको र विद्यालयका आठ स्थायी शिक्षकका लागि तलबभत्तालगायतका सुविधा दिइएको प्रतिवेदनमा पाइएको छ । शिक्षकको तलबभत्तासहितको सुविधाबापत गाउँपालिकाले वार्षिक ३५ लाख ८६ हजार निकासा गरेको प्रतिवेदनमा देखिएको छ । यी र यस्तै कार्यले गर्दा स्थानीय तहमा बेरुजू बढ्दो देखिएको हो । रासस