भेरोसेलको दोस्रो मात्रा जेठ २ देखि

काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको 'भेरोसेल' खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा खोप लगाउन सकिने बताए।

सम्बन्धित सामग्री

दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप

जेठ २ गतेबाट शुरु भएको दोस्रो चरणको खोप अभियानमा दुई लाख ३९ हजारभन्दा बढी व्यक्तिले भेरोसेल खोपको दोस्रो मात्रा (डोज) लगाएका छन् । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जेठ २ देखि ११ गतेसम्म काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा दोस्रो चरणको मात्रा (डोज) दिन शुरु गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले बताउनुभयो ।

दोस्रो मात्रा खोप लगाउनेको उल्लेख्य उपस्थिति (फोटो फिचर)

जेठ २ गतेबाट शुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत निषेधाज्ञाबीच पनि खोप केन्द्रहरुमा मानिसका भीड लाग्न थालेको छ । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जेठ २ गतेदेखि काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा दोस्रो चरणको खोप दिन शुरु गरेको हो । पहिलो मात्रा खोप लगाएका दुई लाख ८८ हजार मानिसलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेकोे हो । दोस्रो मात्राको खोप ४० देखि ५९ वर्षकालाई दिइएको भए पनि पहिलो मात्राको खोप १८ वर्षमाथिका व्यक्तिले पनि लगाउनुभएका कारण उहाँहरुले समेत दोस्रो मात्राको खोप लगाउनुभएको गौतमले बताउनुभयो ।

हालसम्म ४३ हजार १८ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

जेठ ६, काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेल खोपको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेररोसेलको दोस्रो मात्रा दिन थालिएको हो । यसरी खोप लिनेमा २३ हजार ४८५ पुरुष र १९ हजार ५३३ महिला छन् । यो संख्या कामपाको वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ खोप केन्द्रको संख्या हो ।  यीमध्ये सबैभन्दा धेरै वडा नं २६ को खोप केन्द्र लैनचौरबाट दुई हजार ४९२ ले खोप लिएका छन् । वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट दुई हजार ४२७ ले र तेस्रोमा वडा नं ३२ बाट दुई हजार ३८५ ले खोप लिएका छन् । कामपामा ११ वडामा खोप लिनेको संख्या एक हजारभन्दा कम रहेको छ । यी वडामा सबैभन्दा थोरै, वडा नं १९ बाट १९७ जनाले, त्यसपछि वडा नं २० मा ३९४ र तेस्रोमा वडा नं २४ मा ४०८ जनाले खोप लिएका छन् ।  त्यसपछि वडा नं २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४१९, ४४२, ४८७, ५२५, ७०६, ७२९, ८१३ र ९०५ रहेका छन् । जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने व्यवस्था गरिएको छ । यस अवधिमा हरेक दिन बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर पायक पर्ने खोप केन्द्रमा जानुपर्छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । नागरिकलाई सहजताका लागि सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ ।   पहिलो डोज जहाँसुकै लगाएको भए पनि दोस्रो डोज भने पायक पर्ने स्थानमा लगाउने व्यवस्था हुँदा नागरिकलाई सहज भएको छ । कामपामा अहिलेसम्म ५४ हजार ५६८ संक्रमितमध्ये १२ हजार ४१ सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण ३७२ जनाको मृत्यु भएको छ । ४२ हजार १५५ जना निको भएको तथ्यांकमा उल्लेख छ । रासस

सामाजिक दूरी कायम गर्दै दुई दिनमा ११७८ ले लगाए कोरोनाविरुद्धको खोप

मोतीराम तिमल्सिना, काभ्रे । सामाजिक दूरी कायम राख्दै निषेधाज्ञाको पूर्ण पालनाका साथ जिल्लामा खोप अभियान संचालन भईरहेको छ । जेठ २ गते देखि शुरु भएको अभियान ६ गते विहिबारसम्म संचालन हुनेछ । ‘जेठ ३ गतेसम्म १ हजार १ सय ७८ जनाले तेश्रो चरणको दोश्रो मात्रा लगाएका छन्’– स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. […]

सासंदहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा आज लगाइँदै

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारीलगायतलाई आज(शुक्रवार)देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ। सङ्घीय संसद् सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ। सभामुख, […]

भेरोसेलको दोस्रो मात्रा जेठ २ देखि

काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको 'भेरोसेल' खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा खोप लगाउन सकिने बताए।

चिनियाँ खोपको दोस्रो मात्रा दिइँदै, यो मितिमा लगाउन पाइने

गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ तथा वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

काठमाडौंमा जेठ २ गतेदेखि कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइने

आगामी जेठ २ गतेदेखि कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंले मंगलवार जिल्लाभित्रका नगरपालिकालाई पत्राचार गर्दै खोप लगाइनेबारे जानकारी दिएको छ ।नगरपालिकालाई पत्राचार गर्दै स्वास्थ्य कार्यालयले खोप केन्द्रको विवरण समेत पठाएको छ ।

भेरोसेलको दोस्रो डोज कहिले र कहाँ लगाउन पाइन्छ ?

काेराेना भाइरसविरूद्ध पहिलाे मात्राकाे भेरोसेलको खाेप लगाएकाले काठमाडौं उपत्यकामा दोस्रो डोज जेठदेखि लगाउन पाउने भएका छन् । दोस्रो चरणको कोभिड–१९ विरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा जेठ २ गतेदेखि लगाइनेछ ।