दोस्रो मात्रा खोप लगाउनेको उल्लेख्य उपस्थिति (फोटो फिचर)

जेठ २ गतेबाट शुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत निषेधाज्ञाबीच पनि खोप केन्द्रहरुमा मानिसका भीड लाग्न थालेको छ । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जेठ २ गतेदेखि काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा दोस्रो चरणको खोप दिन शुरु गरेको हो । पहिलो मात्रा खोप लगाएका दुई लाख ८८ हजार मानिसलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेकोे हो । दोस्रो मात्राको खोप ४० देखि ५९ वर्षकालाई दिइएको भए पनि पहिलो मात्राको खोप १८ वर्षमाथिका व्यक्तिले पनि लगाउनुभएका कारण उहाँहरुले समेत दोस्रो मात्राको खोप लगाउनुभएको गौतमले बताउनुभयो ।