सामाजिक दूरी कायम गर्दै दुई दिनमा ११७८ ले लगाए कोरोनाविरुद्धको खोप

मोतीराम तिमल्सिना, काभ्रे । सामाजिक दूरी कायम राख्दै निषेधाज्ञाको पूर्ण पालनाका साथ जिल्लामा खोप अभियान संचालन भईरहेको छ । जेठ २ गते देखि शुरु भएको अभियान ६ गते विहिबारसम्म संचालन हुनेछ । ‘जेठ ३ गतेसम्म १ हजार १ सय ७८ जनाले तेश्रो चरणको दोश्रो मात्रा लगाएका छन्’– स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. […]

सम्बन्धित सामग्री

मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला

म्याग्दी । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेको धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर आइतवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयमा असोज ५ मा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरे अनुसार आइतवारदेखि खुला गरिएको हो । अन्य जिल्लामा जस्तै मुस्ताङमा पनि संक्रमणको जोखिम कम हुँदै गएकाले अन्य धार्मिक क्षेत्र पनि खुला गरिएको हो । ‘अहिले सोह्र श्राद्धको बेला पनि हो । यो बेलामा मुस्ताङ आएर दिवंगत आफन्तलाई पिण्ड दान गर्ने तथा मुक्तिनाथ दर्शन गर्नेहरू धेरै हुन्छन्, प्रजिअ अधिकारीले भने, ‘जोखिम कम हुँदै गएकाले पूजाआजाका लागि मन्दिर खुला गरिएको छ ।’ मन्दिर खुला भए पनि पूजाआजाका क्रममा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड भने पालना गरिएको हुनुपर्ने प्रजिअ पौडेलको भनाइ छ । त्यसमा पनि स्वदेशीका लागि पीसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकामध्ये कुनै एक प्रमाण र विदेशीका लागि पछिल्लो सात दिनभित्रको पीसीआर रिपोर्ट देखाएर मात्रै मन्दिरमा प्रवेश गर्न पाउने निर्णय गरिएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा रहेको मुक्तिनाथ मन्दिर गत वैशाखदेखि बन्द गरिएको थियो । मन्दिर र जिल्लाका अन्य गन्तव्य खुला भएकाले पर्यटक आगमन बढ्ने कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताए ।

प्रहरी अस्पतालमै मापदण्डको धज्जी : खोप लगाउने अस्पतालबाटै कोरोना सर्ने डर

महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउनेको अत्यधिक भीड बढेको छ । मंगलबार बिहानैदेखि सो अस्पतालमा भ्याक्सिन लगाउनका लागि नेपाल प्रहरी कर्मचारीसहित सर्वसाधारणसम्म जम्मा हुँदा अत्यधिक भीड लागेको हो । भीड निकै अव्यवस्थित रहेको छ भने कुनै सामाजिक दूरी पालना भएको छैन । मानिसहरु कोरोनाविरुद्धको खोप लगाउनका लागि ठेलमठेल गरेर लाइन लागिरहेको देखिन्छ । जसका कारण  कोरोना संक्रमण सर्ने जोखिम उच्च देखिएको छ । अस्पताल स्रोतका अनुसार एक दिनमा प्रहरी अस्पतालमा २ हजार

कोरोनाविरुद्धको खोप लगाउँदा आकर्षक उपहार

कोरोना भाइरसबाट बच्ने धेरै उपाय छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संक्रमितबाट बच्न सामाजिक दूरी कायम

‘खोप लगाए पनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध’

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाविरुद्धको खोप लगाए पनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध गर्नुभएको छ । हेटौँडा अस्पतालको खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाएपछि प्रतिक्रिया दिँदै उहाँले खोप लगाए पनि सामाजिक दूरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न विज्ञको सुझाव रहेकाले सोहीअनुसार गर्न आग्रह गर्नुभएको हो ।