हालसम्म ४३ हजार १८ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

जेठ ६, काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेल खोपको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेररोसेलको दोस्रो मात्रा दिन थालिएको हो । यसरी खोप लिनेमा २३ हजार ४८५ पुरुष र १९ हजार ५३३ महिला छन् । यो संख्या कामपाको वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ खोप केन्द्रको संख्या हो ।  यीमध्ये सबैभन्दा धेरै वडा नं २६ को खोप केन्द्र लैनचौरबाट दुई हजार ४९२ ले खोप लिएका छन् । वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट दुई हजार ४२७ ले र तेस्रोमा वडा नं ३२ बाट दुई हजार ३८५ ले खोप लिएका छन् । कामपामा ११ वडामा खोप लिनेको संख्या एक हजारभन्दा कम रहेको छ । यी वडामा सबैभन्दा थोरै, वडा नं १९ बाट १९७ जनाले, त्यसपछि वडा नं २० मा ३९४ र तेस्रोमा वडा नं २४ मा ४०८ जनाले खोप लिएका छन् ।  त्यसपछि वडा नं २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४१९, ४४२, ४८७, ५२५, ७०६, ७२९, ८१३ र ९०५ रहेका छन् । जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने व्यवस्था गरिएको छ । यस अवधिमा हरेक दिन बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर पायक पर्ने खोप केन्द्रमा जानुपर्छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । नागरिकलाई सहजताका लागि सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ ।   पहिलो डोज जहाँसुकै लगाएको भए पनि दोस्रो डोज भने पायक पर्ने स्थानमा लगाउने व्यवस्था हुँदा नागरिकलाई सहज भएको छ । कामपामा अहिलेसम्म ५४ हजार ५६८ संक्रमितमध्ये १२ हजार ४१ सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण ३७२ जनाको मृत्यु भएको छ । ४२ हजार १५५ जना निको भएको तथ्यांकमा उल्लेख छ । रासस

सम्बन्धित सामग्री

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

काठमाडौंमा आजदेखि फाइजर खोपको दोस्रो मात्रा

२४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ । फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो । काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न […]

बैतडीमा मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरू

बैतडी : बैतडीमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि मोडर्ना खोपको दोस्रो डोज दिन सुरु गरिएको छ। गत महिना यहाँका १२ देखि १७ वर्ष उमेर समूहका करिब ३२ हजारलाई मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।गत महिना मोडर्ना खोपको पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा दिन सुरू गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए। खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहमा आवश्यक खोप पठाइसकिएको उनले बताए।दोस्रो मात्रा दिन स्थानीय तहहरूले सम्बन्धित विद्यालयहरुसँग समन्वय गरेर खोप अभियान सञ्चालन

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।...

तनहुँमा आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा लगाइँदै

यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने उनले बताए । १४ वटै वडामा रह

एकै दिनमा रोकियो कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा

काठमाडौं : सरकारले कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा तत्कालका लागि नलगाउने भएको छ।स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा स्थगन गरिएको जनाएको हो।मन्त्रालयले हिजो (सोमबार) केही लक्षित वर्गका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा दिने सूचना सार्वजनिक गरेको थियो।एक दिन खोपको बुस्टर मात्रा लगाएपछि मन्त्रालयले स्थगित गरेको छ। मन्त्रालयले लक्षित समूहलाई मंगलबार खोपको बुस्टर मात्रा लगाउन थालेको थियो।कोभिड–१९ व

काठमाडौँमा आजदेखि तीन दिन भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौँ, – सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि तीनदिनसम्म लगाउने भएको छ। तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए। उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ। यस्तै विश्वविद्यालय र […]

काठमाण्डाैमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाण्डौ - काठमाण्डौमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ। भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । कार्यालयका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्यो भन्दा माथिका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ। यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भ...

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको […]