स्यार्पुमा अर्को विद्युत् आयोजना बन्दै

२ सय ५० किलोवाट बिजुली उत्पादन भइरहेको बाँफिकोट गाउँपालिकास्थित स्यार्पु तालबाट अर्को विद्युत् आयोजना निर्माण हुने भएको छ । ३.३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको आधारभूत काम सकिएको छ ।

सम्बन्धित सामग्री

पहिरोको उच्च जोखिममा विद्युत् आयोजना

सिमकोट – सदरमुुकाम सिमकोटलाई विद्युत् आपूर्ति गर्दै आएको हिल्दुुम साना जलविद्युत् आयोजनाको पावर हाउस पहिरोको उच्च जोखिमा रहँदै आएको छ। फर्बे ट्याङ्की नजिकको नहरको पानी चुहिएर वर्षेनी पहिरो गई रहने भएको कारण हिल्दुुम खोलाको किनारमा रहेको पावर हाउस पहिरोको जोखिममा परेको हो। सिमकोट गाउँपालिका–४ का जंगबहादुर शाहीले हिल्दुुम खोलामा रहेको विद्युत्को पावर हाउस पहिरोको उच्च […]

विद्युत् आयोजना सात वर्षसम्म पनि मर्मत भएन

काठमाडौँ,२० कार्तिक । कालीकोटको सान्नीगाड जलविद्युत् आयोजना पहिराले क्षति पु¥याएको सात वर्षसम्ममा पनि मर्मत हुन सकेको छैन । विसं २०७२ असार २ को राति सान्नीगाड खोलामा आएको बाढीले जलविद्युत् केन्द्रमा क्षति पु¥याएको हो । जलविद्युत् आयोजनाको २०६५ सालदेखि सञ्चालनमा आएको थियो । विसं २०७२ को पहिरो क्षति पु¥याएको जलविद्युत् आयोजना रु करोड ३१ लाख लगानी […]

लगातारको वर्षाले बागलुङका दुई विद्युत् आयोजना अवरुद्ध

बागलुङ – पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिकाका दुईवटा जलविद्युत् आयोजनामा क्षति हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । निसीखोला –४ र ५ मा रहेका विद्युत् आयोजनामा बाढी पस्दा र पहिराले नहर बगाउँदा अवरुद्ध भएको हो । निसीखोला पहिलो लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा बाढी बसेर अवरुद्ध बनेको स्थानीय मनबहादुर घर्ती मगरले […]

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

रुकुमपूर्व, साउन २८ । जिल्लामा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ । विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले […]

रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ ।  जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ ।विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको छ । अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ । प्रसारणको काम करिब अन्ति

प्रदेश १ मा ७५ वर्षपछि विद्युत् उत्पादनमा फड्को

प्रदेश १ मा ७९ वर्षको अवधिमा विद्युत् उत्पादन ३ सय २७ मेगावाट पुगेको छ । सुस्त गतिमा भइरहेको विद्युत् उत्पादन ४ वर्षयता भने तीब्र गतिमा भएको तथ्यांक छ । विद्युत् उत्पादनको इतिहासमा फर्पिङ जलविद्युत् आयोजना नेपालको पहिलो आयोजना हो । त्यसपछि सुन्दरीजल र तेस्रो स्थानमा रहेको प्रदेश १ कै पहिलो विद्युत् आयोजना मोरङ लेटाङको १८ सय किलोवाटको मोरङ हाइड्रो (हाल उक्त आयोजनाको केही निशाना मात्रै छ) हो । उक्त आयोजना सन् १९४३ अर्थात् वि.सं. २००० मा स्थापना भएको इतिहास छ । त्यसयता विद्युत् आयोजनाहरू निर्म

रुकुममा विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी

रुकुम पूर्व - विद्युत् आयोजना निर्माणका लागि रुकुम पूर्वको सिस्ने गाउँपालिकामा हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सडक सुविधा नभएर पैदल मार्गबाट सामान ढुवानी हुन नसक्दा महँगाे हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएको हो । बिहिवार गाउँपालिका-१ मा निर्माणाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत् आयोजनाको लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सिस्ने गाउँपालिका-१ ओख्रेनामा गाउँपालिकाकाे पहलमा ४६ किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिन...

विद्युत् आयोजना निर्माण अन्तिम चरणमा

टीकापुर । सुदूरपश्चिमको कैलालीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बन्न लागेको ४.७१ मेगावाट विद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जानकी गाउँपालिका–९ कटाँसेमा विद्युत् गृह बनाई रानी जमरा कुलरियाको नहरमा आउने पानीबाट विद्युत् उत्पादन गर्न लागिएको हो । सात मिटर हेडबाट पानी खसालेर तीन वटा टर्बाइन जडान गरेर विद्युत् निकालिने […]

चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत् आयोजना तयार*

असार २७, काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा चार मेगावाट विद्युत् उत्पादन गर्ने सौर्य विद्युत् आयोजना तयार भएको छ ।  अपि पावर कम्पनी लिमिटेडले सञ्चालनमा ल्याएको उक्त आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो ।कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाबाट अवरोध भएपनि आयोजना तोकिएको चार महीनाभित्रै तयार भएको कम्पनीले बताएको छ । आयोजनाबाट उत्पादित् विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तीन किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी गरिएको छ। यो नेपालमा निजी क्षेत्रले सञ्चालनमा ल्याएको र ग्रिडसँग जोडिएको तेस्रो सौर्य विद्युत् आयोजना हो । यसअघि लुम्बिनि प्रदेशको बुटवल र प्रदेश नं २ को धनुषामा रहेका आयोजनाहरु ग्रिडमा जोडिएका थिए । अव आयोजनाले उत्पादन गरेको विद्युत् आगामी २५ वर्षसम्म प्रतियुनिट ७ दशमलव ३० रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणले खरीद गर्नेछ ।कम्पनीले १२ बिघा क्षेत्रफलमा ४०० वाटका ११ हजार ११२ ओटा सौर्य प्यानल राखेर विद्युत् उत्पादन गर्ने  तयारी गरेको हो । उक्त आयोजनाले वार्षिक ६९ दशमलव २५ गिगावाट घन्टा विद्युत् उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत् उत्पादन हुने कम्पनीले बताएको छ । कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले यो नयाँ सौर्य उर्जा प्लान्टले नवकरणिय उर्जा उत्पादनमा नयाँ कोषेढुंगा साबित हुँदै सरकारको २५० ओटा पालिकाहरुमा ३७५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने योजनामा योगदान गर्ने बताएका छन् । *चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत् आयोजना तयार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।