प्रदेश १ मा ७९ वर्षको अवधिमा विद्युत् उत्पादन ३ सय २७ मेगावाट पुगेको छ । सुस्त गतिमा भइरहेको विद्युत् उत्पादन ४ वर्षयता भने तीब्र गतिमा भएको तथ्यांक छ । विद्युत् उत्पादनको इतिहासमा फर्पिङ जलविद्युत् आयोजना नेपालको पहिलो आयोजना हो । त्यसपछि सुन्दरीजल र तेस्रो स्थानमा रहेको प्रदेश १ कै पहिलो विद्युत् आयोजना मोरङ लेटाङको १८ सय किलोवाटको मोरङ हाइड्रो (हाल उक्त आयोजनाको केही निशाना मात्रै छ) हो । उक्त आयोजना सन् १९४३ अर्थात् वि.सं. २००० मा स्थापना भएको इतिहास छ । त्यसयता विद्युत् आयोजनाहरू निर्म