रुकुममा विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी

रुकुम पूर्व - विद्युत् आयोजना निर्माणका लागि रुकुम पूर्वको सिस्ने गाउँपालिकामा हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सडक सुविधा नभएर पैदल मार्गबाट सामान ढुवानी हुन नसक्दा महँगाे हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएको हो । बिहिवार गाउँपालिका-१ मा निर्माणाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत् आयोजनाको लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सिस्ने गाउँपालिका-१ ओख्रेनामा गाउँपालिकाकाे पहलमा ४६ किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिन...