कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

काठमाडौँ, ५ वैशाख । बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै […]

सम्बन्धित सामग्री

एक अर्ब लागतमा बसपार्क बन्दै

धनगढी उपमहानगरपालिकामा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । उपमहानगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा अत्याधुनिक बसपार्क निर्माण गर्न लागिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् । नयाँ...

चार वर्ष बित्यो, बनेन बसपार्क

सदरमुकाम गाईघाटमा बनाउन थालिएको अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माणको काम अलपत्र परेको छ । कोशी प्रदेशकै नमुना बसपार्क निर्माण गर्न भनेर २०७६ सालमै सम्झौता गरिए पनि निर्माण कम्पनीको चरम लापरबाहीले त्रियुगा बसपार्क अलपत्र परेको हो ।

गाईघाटको त्रियुगा बसपार्क निर्माण अलपत्र

उदयपुर । निर्माण कम्पनीको लापरबाहीले प्रदेश स्तरको अत्याधुनिक त्रियुगा बसपार्क दुई वर्ष देखि अलपत्र परेको छ । सम्झौता अनुसार २ वर्ष अघि निर्माण सम्पन्न गर्नु पर्नेमा निर्माण कम्पनीले २ वर्ष देखि काम छाडेर बेपत्ता भएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका ३ र १२ बिचमा रहेको साबिकको त्रियुगा बसपार्कमै प्रदेश स्तरको अत्याधुनिक बसपार्क निर्माण […] The post गाईघाटको त्रियुगा बसपार्क निर्माण अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१६ करोड लगानीमा बन्यो कोहलपुरमा सपिङ कम्प्लेक्ससहितको अत्याधुनिक बसपार्क

बाँकेको दोस्रो ठूलो शहर मानिएको कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।

फेवाताल वरिपरीका ८० प्रतिशत घर भत्काउन सांसद देवकोटाको माग

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले फेवाताल वरिपरीका ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्ड विपरित बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु […]

कोहलपुरको नमूना बसपार्क दशैं अगाडि नै सञ्चालन आउँदै

जेठ ४, बाँके । कोहलपुरमा निर्माणाधीन लामो दूरीको नमूना बसपार्क दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । बसपार्कको टर्मिनल भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य सहायक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । दशैंअघि पूर्णरुपमा सञ्चालनमा आउने गरी बसपार्कको संरचना निर्माण कार्य भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार, बसपार्कको टर्मिनल भवन रङ्गरोगन गर्न बाहेक अरु काम आंशिक रुपमा सम्पन्न भएको छ ।  लामो दूरीका बस छुट्ने गरी निर्माण गरिएको सो बसपार्कभित्र अत्याधुनिक शौचालय, स्वास्थ्य जाँचको व्यवस्था र प्रहरीको युनिटसमेत रहने छ ।  कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले आप्mनो कार्यकालका लागि बसपार्क निर्माण निकै महत्वपूर्ण रहेको बताए । उनले नगरपालिकाको यथेष्ट बजेट नभए पनि कोहलपुर नगरविकास समितिको ऋण सहयोगले समयमै बसपार्क निर्माण गर्न सकिएको उल्लेख गरे । कोहलपुरमा अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामोदूरीमा सञ्चालन हुने बसको लागि कोहलपुर चौराह नजिकै नेपालकै नमूना अत्याधुनिक बसपार्क निर्माण थालिएको हो ।  उनका अनुसार, २०७७ फागुन २४ गते रू. २७ करोड ८४ लाख ६६ हजारमा बसपार्क निर्माणका लागि सम्झौता भई काम शुरु भएको हो । बसपार्क निर्माणको लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम विनियोजन गरिएको छ ।  ५ बिघा १६ कठ्ठामा निर्माण भइरहेको बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको छ ।  निर्माण व्यवसायी टेकबहादुर खडकाले तोकिएको सम्झौता अवधि अगावै उक्त बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिने बताए । उनका अनुसार, अत्याधुनिक कोहलपुर बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्स सहितको हुनेछ ।  पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन कोहलपुर बसपार्क नेपालकै अत्याधुनिक बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर बालकृष्ण महतराले बताए । अहिलेसम्म निर्माण कार्य प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको उनले जानकारी दिए । कोहलपुर बसपार्कलाई नगरपालिकाले गौरवको योजनाका रुपमा अगाडि सारेको कार्यपालिका सदस्य एवम् आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए । बसपार्क निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिलेसमेत आवश्यक अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको उनको भनाइ छ । रासस

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण हुँदै

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छ । अत्यधिक सवारी चाप ब्यवस्थापनका लागि कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ ।

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण हुँदै

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छ । अत्यधिक सवारी चाप ब्यवस्थापनका लागि कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ ।

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

विकास निर्माणमा तीव्र गतिमा अगाडि बढ्दैगएको बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क निर्माण भएको छ ।

बसपार्क निर्माणमा चरम ढिलासुस्ती

जिल्लाको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकास्थित गाईघाटमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणमा चरम ढिलासुस्ती भएको छ। नेपाल सरकारको करिब १३ करोड रुपियाँको लागतमा त्रियुगा नगरपालिका–१२ स्थित हातीमारा क्षेत्रमा सो बसपार्क निर्माण हुँदै छ। व्यवस्थित बसपार्कको अभावमा व्यवसायीले कहिले गाईघाट बजारको सडकमा त कहिले त्रियुगा नदीको बगरमा सवारी पार्किङ गर्दै आएकामा एक वर्षभित्र सुविधासम्पन्न बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याउने गरी मधेश प्रदेशस्थित सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको निगरानीमा २०७६ सालमा सो योजना सञ्चालनमा ल्याइएको थियो।