चार वर्ष बित्यो, बनेन बसपार्क

सदरमुकाम गाईघाटमा बनाउन थालिएको अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माणको काम अलपत्र परेको छ । कोशी प्रदेशकै नमुना बसपार्क निर्माण गर्न भनेर २०७६ सालमै सम्झौता गरिए पनि निर्माण कम्पनीको चरम लापरबाहीले त्रियुगा बसपार्क अलपत्र परेको हो ।