२२ जेठ, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार तेजेन्द्र केसीलाई प्रदान गरेको छ । अग्रज पत्रकार नारायण सापकोटाले स्थापना गरेको यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा महासङ्घले हरेक बर्ष प्रदान गर्दै आएको छ । आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरे । पत्रकार केसीले […]