नेपाल वातावरण पत्रकार समूहले कान्तिपुरकर्मी गोविन्द पोखरेललाई 'वातावरण पत्रकारिता पुरस्कार, २०२१' प्रदान गरेको छ । समूहको ३७ औं स्थापना दिवसको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष कसमस विश्वकर्माले पोखरेललाई पुरस्कार प्रदान गरे । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।