रामदेवको टेलिभिजन ‘गैरकानुनी’ भएको खुलासा, उद्घाटन गरेका प्रधानमन्त्री नै अनविज्ञ

भारतीय पतञ्जलि योगपीठका मालिक रामदेवले नेपालमा टेलिभिजन खोलेका छन् । तर, नेपालको कानुन विपरित एवम् नियम अनुसार सम्बन्धित निकायमा दर्तासमेत नभएको टेलिभिजनको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नपालले गरे ।विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चार क्षेत्रमा विदेशी लगानी ल्याउन रोक लगाएको छ । तर, पतञ्जलि योगपीठको नेपालस्थित कार्यालय बूढानीलकण्ठ ८, मन्डिखाटारमै पुगेर कानुन विपरित खुलेका ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ नामक टेलिभिजन उद्घाटन गरे ।सूचना विभागमै दर्ता छैनरामदेवको लगानीका यी च्यानल विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित त छन् नै । सँगै राष्ट्रिय प्रसारण ऐन २०४९ को पनि कुनै पालना भएको छैन ।राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारण निर्देशिका २०६० ले रेडियो र टेलिभिजन सूचना तथा प्रसारण विभागमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । तर, रामदेवका यी दुई वटै च्यानल विभागमा दर्ता मात्रै नभएको होइन, दर्ताका लागि कुनै निवेदनसमेत दिईएको छैन ।विभागका महानिर्देशक गोगनबहादुर हमाल भन्छन्, ‘दर्ताका लागि आवेदन आएकै छैन, विभागले यस विषयमा अनुसन्धान समिति बनाउँछ, यदि प्रशारण नै सुरु गरिसकेका रहेछन् भने कानुन अनुसार कारबाही हुन्छ ।’ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा के छ ?भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको लगानी रहेको भनिएका यी दुई च्यानलमा आएको लगानी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरित छ । यो ऐनले विदेशी लगानी खुला नगरिएका उद्योग व्यवसायको सूचीमा ‘आमसञ्चारमाध्यम’लाई पनि राखेको छ । आमसञ्चारमाध्यम भित्र पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमसँगै राष्ट्रभाषाको चलचित्र व्यवसाय पर्ने भनेर तोकिएको पनि छ । तर, देशकै कानुनले बर्जित गरेको क्षेत्रमा भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको लगानीमा खुलेका टिभी च्यानल उद्घाटन गर्न प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु र मन्त्रीको लर्को लाग्नुले ‘बेइजत’ भएको नेपालका सञ्चार उद्यमीहरु बताउँछन् । यो घटनाबाट यीनीहरुले ‘हचुवाको भरमा’ देश चलाएको पुष्टि हुने भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना पनि भईरहेको छ ।जग्गा दिने बाचा विवादास्पदप्रधानमन्त्रीले गैर कानुनी टेलिभिजन उद्घाटन मात्रै गरेनन्, पतञ्जलिलाई नेपालमा जग्गा उपलब्ध गराउने बाचा पनि गरे । तर, पतञ्जलिलाई जग्गा दिन सक्ने आधार छैन । किनभने, सरकारले कुनै उद्योग–व्यवसायलाई जग्गा उपलब्ध गराउन ३ विकल्प प्रयोग गर्न सक्छ । विशेष आर्थिक क्षेत्र (सेज) को जग्गा दिने, औद्योगिक क्षेत्रको जग्गा दिने र बाहिरको जग्गा (बन क्षेत्र आदि) दिने । यी ३ विकल्पबाहेक कुनै उद्योगलाई जग्गा दिने अर्को बाटो छैन । तर, प्रधानमन्त्रीले कुनै पनि जानकारी बिना नै ‘हचुवा’कै भरमा जग्गा दिने भनेर बोलिदिए ।यद्यपी, बन क्षेत्र प्रयोग गर्न भने मन्त्रिपरिषदको बैठकले निर्णय गरेर दिन सक्ने छ । तर, यसका लागि बन मन्त्रालयको सहमतिमा उद्योग मन्त्रालयले प्रस्ताव लैजानुपर्ने हुन्छ । आजसम्म यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा नआएको मन्त्रिपरिषद स्रोत बताउँछ ।

सम्बन्धित सामग्री

टेलिभिजन च्यालनका लागि वैधानिक प्रक्रिया अब सुरु गर्छौँ : पतञ्जली

काठमाडौँ – पतञ्जलीले नेपालमा सञ्चालन गर्ने भनेका दुई टेलिभिजन च्यानलको प्रशारणका लागि वैधानिक प्रक्रिया चाँडै सुरु गर्ने बताएको छ । पतञ्जली योगपिठ नेपालका ट्रष्टी शालीग्राम सिंहका अनुसार योग गुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल आएको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाको समय पनि मिलेकाले उद्घाटन गरिएको हो । तर औपचारिक प्रक्रिया भने अब पूरा गरिने उनले […]

पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लङ्घन - पत्रकार महासङ्घ

काठमाण्डाै – भारतको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासङ्घका महासचिव रोशन पुरीले आज आइतवार विज्ञप्ति निकालेर नेपालको प्रचलित कानुनले सञ्चार माध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतीय याेगगुरु बाबा रामदेवको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लङ्घन भएको बताउनुभएको छ ।दर्ता प्रक्रियासमेत पूरा नगरि टेलिभिजन सञ्चालन...

'आस्था नेपाल' र 'पतञ्जली नेपाल' टिभी उद्घाटन कानुन विपरीत काम : प्रदीप ज्ञवाली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीेले प्रधानमन्त्री शेरबहादुर देउवाले बाबा रामदेवको टिभी उद्घाटन गरेकोमा विरोध जनाएको छ। उनले प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरे।

देउवाले रामदेवको टिभी उद्घाटन गरेकोमा एमालेको विरोध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवाले बाबा रामदेवको टिभी उद्घाटन गरेकोमा विरोध जनाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरे । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरू उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे ।&

प्रधानमन्त्री देउवाले उद्घाटन गरेका अवैध टिभी च्यानलको छानबिन गर्न समिति गठन

काठमाडौँ । सूचना विभागले प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन गरेपछि छानबिन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिडियामा विदेशी लगानी ऐनबाटै प्रतिबन्धित भएकोमा योग गुरु रामदेवको उपस्थितिमा पतञ्जलीका दुई च्यानल उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र […]

रामदेवले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघनः पत्रकार महासंघ

बाबा रामदेवको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालको प्रचलित कानुनले सञ्चारमाध्यममा  विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतको पतञ्जली योग पिठले टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ । ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी ख

प्रधानमन्त्री देउवाद्धारा गैरकानुनी टेलिभिजनको उद्घाटन

न्युज अफ नेपाल, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठ नेपालमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरेका छन् । पतञ्जली टिभी उद्घाटन गर्दै प्रधानमन्त्री देउवा पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको उद्घाटन गरेका हुन । […]

बाबा रामदेवको टेलिभिजन उद्घाटनमा नेपाली नेताहरुको लर्को (फोटोफिचर)

भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो । शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन् ।  कार्यक्रममा एमाले