देउवाले रामदेवको टिभी उद्घाटन गरेकोमा एमालेको विरोध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवाले बाबा रामदेवको टिभी उद्घाटन गरेकोमा विरोध जनाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरे । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरू उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे ।&