प्रधानमन्त्री देउवाद्धारा गैरकानुनी टेलिभिजनको उद्घाटन

न्युज अफ नेपाल, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठ नेपालमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरेका छन् । पतञ्जली टिभी उद्घाटन गर्दै प्रधानमन्त्री देउवा पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको उद्घाटन गरेका हुन । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री र गठबन्धन नेताद्वारा गैरकानुनी कार्यलाई प्रश्रय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गर्दै गैरकानुनी कार्यलाई प्रश्रय दिएको पाइएको छ । विद्यमान ऐन कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवा आफंैले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको पतञ्जलीको आस्था नेपाल र पतञ्जली नेपाल नामक दुई विदेशी च्यानलको उद्घाटन […]

प्रधानमन्त्री र गठबन्धन नेताद्वारा गैरकानुनी कार्यलाई प्रश्रय

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गर्दै गैरकानुनी कार्यलाई प्रश्रय दिएको पाइएको छ । विद्यमान ऐन कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवा आफंैले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको पतञ्जलीको आस्था नेपाल र पतञ्जली नेपाल नामक दुई विदेशी च्यानलको उद्घाटन गर्दै कानुनको खिल्ली उडाएका हुन् । प्रधानमन्त्री देउवाले कानुनको ’विषयमा कुनै जानकारी नै नभई यो कार्य गरेका हुन् वा जानीजानी उपेक्षा गरेका ह...

प्रधानमन्त्री र गठबन्धन नेताद्वारा गैरकानुनी कार्यलाई प्रश्रय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गर्दै गैरकानुनी कार्यलाई प्रश्रय दिएको पाइएको छ । विद्यमान ऐन कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवा आफंैले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको पतञ्जलीको आस्था नेपाल र पतञ्जली नेपाल नामक दुई विदेशी च्यानलको उद्घाटन […] The post प्रधानमन्त्री र गठबन्धन नेताद्वारा गैरकानुनी कार्यलाई प्रश्रय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानमन्त्रीले उद्घाटन गरेका गैरकानुनी टिभीको अनुसन्धान थालियो

प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेका दुई वटा गैरकानुनी टेलिभिजनको वारेमा सूचना तथा प्रशारण विभागले अनुसन्धान थालेको छ। भारतीय योग गुरु रामदेवको संस्था पतञ्जलि नेपालले इजाजत पत्र नै नलिई दुई टेलिभिजन च्यानल चलाउन ...

पतञ्जली योगपीठलाई सबै आयोजना छाडेर भारत जान चेतावनी

समाजवादी केन्द्र नेपालले पतञ्जली योगपीठलाई तत्काल सबै आयोजना छाडेर भारत जान चेतावनी दिएको छ । ‘कथित भारतीय योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलीद्वारा नेपालमा इजाजत नलिइकन आस्था नेपाल र पतञ्जली नेपाल नामक टेलिभिजनको उद्घाटन भएको’ भन्दै सो पार्टीले गैरकानुनी तरिकाले सञ्चालन गर्न लागिएको टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री तथा सत्तारुढ दलका नेताहरु सहभागी भएकोमा खेद प्रकट गरेको छ ।आइतबार विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्ष युवराज सफलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि भई सहभागिता

रामदेवको गैरकानुनी टेलिभिजन उद्घाटनबारे प्रचण्डले भने, ‘नाई मलाई थाहा छैन’

भारतीय योग गुरु बाबा रामदेवको बहुराष्ट्रिय कम्पनी पतञ्जलिले नेपालमा सञ्चालनमा ल्याएको २ वटा टेलिभिज कानुनसम्मत नरहेको विषय सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयमा मुख खोलेका छन् । ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ नामक टेलिभिजनको उद्घाटन कार्यक्रममा उपस्थित भएका प्रचण्डले गैरकानुनी भन्ने सम्बन्धमा आफूलाई जानकारी नभएको जवाफ दिएका छन् । स्वीकृति लिनुपर्ने निकायबाट स्वीकृति नलिएको टिभी च्यानलको उद्घाटन भएको विषयमा आफूलाई जानकारी नभएको र स्वीकृति दिने निकाय पनि माओवादीले सञ्चालन गरेको मन्त्रालय अन्तर्गत नरहेको जवाफ दिएका हुन् । भरतपुर विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले आफू स्वीकृति दिने व्यक्ति नभएको र आफूले सोध्दा सबै प्रक्रिया पूरा भएको जवाफ पाएको बताएका हुन् । यो पनिःरामदेवको टेलिभिजन ‘गैरकानुनी’ भएको खुलासा, उद्घाटन गरेका प्रधानमन्त्री नै अनविज्ञ‘म स्वीकृति दिने व्यक्ति पनि होइन, मेरो पार्टीले नेतृत्व गरेको मन्त्रालय पनि त्यो सँग रिलेटेड छैन’ उनले भने, ‘अब प्रधानमन्त्री त्यही हुनुहुन्थ्यो, प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसो भएको हुनाले यसको केही टेक्निकल समस्या छ भने मलाई थाहा छैन, तर उहाँहरुले मलाई भन्दा सबै प्रक्रिया पूरा गरिएको छ, विधिवत रूपमै छ भन्नु भएको थियो ।’विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले प्रतिबन्ध गरेको आमसञ्चारमाध्यममा भारतीय योगगुरू र पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपालमा २ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । यी टेलिभिजनको उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र माधब नेपाल तथा गृहमन्त्री बालकृष्ण खाँण उपस्थित थिए ।

गैरकानुनी टेलिभिजन प्रधानमन्त्रीबाटै उद्घाटन

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै गएर विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरे ।