पतञ्जलि योगपीठको स्पष्टोक्ति : भवनको मात्र उद्घाटन, अनुमति पाएपछि टेलिभिजन प्रशारण

काठमाडौं : पतञ्जलि योगपीठ नेपालले पतञ्जली र आस्था टेलिभिजन च्यानल प्रशारणमा आइनसकेको स्पष्ट पारेको छ।योगपीठले प्रशारण अनुमति नै नलिइ टेलिभिजन च्यानलको उद्‌घाटन गरेको भन्दै शनिबार सञ्चारमाध्यममा व्यापक आलोचना भएको थियो।आलोचनापछि पतञ्जलि योगपीठले एक विज्ञप्ति जारी गर्दै टेलिभिजन प्रशारणको अनुमति लिने प्रक्रियामा रहेको जनाएको हो।प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका