राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरबार गेटमा पर्चा

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिण गेटमा पर्चा टाँस गरिएको हो । पर्चामा लेखिएको छ– ‘नयाँ पार्टी, नेपालले दिएको समयसीमा भित्र आफु नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ

सम्बन्धित सामग्री

सिंहदरबार गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृत सुब्बाको ज्यान गयो

काठमाडौ, कात्तिक १८ । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ। परराष्ट्रका एक अधिकारीका अनुसार मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बिहीबार बेलुकी भएको दुर्घटनामा उनको मृत्यु भएको हो। ट्राफिक प्रहरीका अनुसार बाटो काट्ने गर्ने क्रममा सुब्बालाई मोटरसाइकलले हानेको थियो। अनामनगरमा बस्दै आएकी सुब्बालाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लगिएको थियो। […]

सिंहदरबार गेटमा ग्यास रोकियो, क्यान्टिनमा खैलाबैला !

ऊर्जा तथा जलस्रोत मन्त्रालयमा क्यान्टिन सञ्चालन गरेको न्यू कन्चन चमेना गृह पनि बुधबार विद्युतीय चुलोसहित देखियो । ऊर्जाको त झनै विद्युतीय बनाउनुपर्छ भन्दै दबाव आएपछि हिटर जोड्दा खाजै नपाक्ने अवस्था बनेको चमेना गृहका सञ्चालकले बताए ।

न्याय माग्न सिंहदरबार पुगेकी निहारिका छोरासहित पक्राउ, तस्वीरहरू

काठमाडौं :  न्याय माग्दै सिंहदरबार पुगेकी सोनाली कुमारी सिंह निहारिकालाई छोरासहित प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न आएकी निहारिकालाई 'निषेधित क्षेत्रमा अनसन विरोध प्रदर्शन गर्न नपाउने' भन्दै प्रहरीले पक्राउ गरेको हो। निहारिकाले न्यायको लागि यसअघि वसन्तपुरमा अनसन बसेकी थिइन्। न्याय माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका ९ की (निहारिका)ले सरकारकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी थिइन्।उनले सरकारले आफूलाई

पूर्वराजा ज्ञानेन्द्र सिंहदरबारको गेटमा आउँदा जे देखियो

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोकास्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।  पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्वराजाले शालिकमा माल्यार्पण गरेका हुन् ।  पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र आउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । समर्थकहरू विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए ।  राजतन्त्रका समर्थकहरूले गणतन्त्र खारेजीको नारा लगाए । उनीहरूले ‘गणतन्त्र खारेज गर, यो व्यवस्था हामीला...

सिंहदरबार गेटमा रोकेर राखेको टिपरमा स्कुटर ठोक्कियो, चालकको मृत्यु

अनामनगर स्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो ।दुर्घटनामा परेर गम्भिर घाइते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । सुर्खेत घर भएका २९ वर्षीय सन्देश सामाखुसी बस्दै आएका थिए ।सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको निर्माण सामग्री लोड भएको टिपर