काठमाडौं (अस) । एनएमबि बैंक र काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)बीच महशुल भुक्तानी सम्बन्धी सम्झौता गरिएको छ । सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी केयूकेएलको पानीको महशुल तिर्न सक्ने भएका छन् । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकलाई उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।