धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा २ ‘हेबीवेट’ नेताहरुबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। ५ निर्वाचन क्षेत्र रहेको कैलालीको क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो।यहाँ प्रतिनिधि सभातर्फ नेकपा एमालेका तर्फबाट केन्द्रीय सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर चुनावी मैदानमा आमनेसामने भएपछि रोचक प्रतिस्पर्धाको आंकलन गरिएको ह