बोइङ–७३७ म्याक्सको अर्को विमान पनि आपतकालिन अवतरण गर्नु परेको छ । साउथवेस्ट एयरलायन्सको ७३७ म्याक्स विमान इन्जिनमा समस्या देखा परेपछि फ्लोरिडाको ओर्लान्डोमा आपतकालिन अवतरण गर्नु परेको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ ।
मंगलबार ओर्लान्डो इन्टरनेसनल एयरपोर्टबाट उडान भरेको विमानका क्रुले इमरेन्सीको घोषणा गरेपछि सोही विमानस्थलमा सुरक्षित रुपमा फर्केको थियो ।