उसै त जुम्ला, त्यहीँ कोरोना : पढाइ लथालिङ्ग !

जुम्ला : कोरोना भाइरसका कारण सबैभन्दा बढी असर शिक्षा क्षेत्र परेको छ। सबै शैक्षिक क्षेत्र बन्द हुँदा बालबालिकाहरू पढाइबाट बञ्चित भएका हुन्‌।शैक्षिक क्षेत्र बन्द भएपनि पुस्तक समयमै विद्यार्थीको हातहातमा पुगे घरमै बसेर पढ्न सक्ने थिए। तर, समयमै किताब नपाउँदा विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुन्‌।शैक्षिक संस्था बन्द भएको लामो समयसम्म ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक समेत किन्न पाएका छैनन्‌।जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा जिल्लाम

सम्बन्धित सामग्री

वार्षिक परीक्षा र नयाँ भर्ना वैशाखमा, नयाँ शैक्षिक सत्रको पढाइ जेठ १ देखि

काठमाण्डाै – सरकारले आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकाेले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको उहाँले बताउनुभयो । परीक्षा बोर्ड...

माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस

१४ माघ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो । सीसीएमसीसीका सचिव रामप्रसाद थपलियाले जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक […]

त्रिविमा पढाइ नहुने, परीक्षा हुने

काठमाडौं, माघ २ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । […]

त्रिविमा पढाइ बन्द हुने, परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् ।त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ । विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै न

त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पढाइ बन्द : चलिरहेका परीक्षा भने नरोकिने

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म पढाइ बन्द गरेको छ । कोरोना भाइरसको सङक्रमण बढेको भन्दै त्रिविले विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको हो । विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी माघ १० गतेसम्म बिदा दिने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।  विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले सूचना निकालेर अहिले चलिरहेको परीक्षा भने यथावत् सञ्चालन हुने जनाएको छ । परीक्षा केन्द्रहरुमा स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह ग...

वैकल्पिक माध्यमबाट बालबालिकाको पढाइ सुनिश्चित गर्न माग

काठमाडौं : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले वैकल्पिक माध्यमबाट बालबालिकाको पढाइ सुनिश्चिता गर्न सरकारसँग माग गरेको छ।सरकारले कोरोना संक्रमण रोकथाम गर्न भन्दै आजदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेपछि महासंघले यस्तो माग गरेको हो। कोभिडको संकट आएका लामो समयसम्म पनि बालबालिकाको सुरक्षित सिकाइप्रति सरकार र राजनीतिक दल ध्यान नगएको भन्दै महासंघले दुःख व्यक्त गरेको छ।महासंघले बालबालिकाको सिकाइलाई निरन्तरता दिन संघीय‚ प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गरेको

रुकुम पूर्वमा भौतिक उपस्थितिमै पढाइ सुरु

रुकुम (पूर्व) । रुकुम पूर्वका केही स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणको लामो समय बन्द रहेका विद्यालय विस्तारै खुल्न थालेका हुन् भने महिनौँपछि विद्यार्थीहरु विद्यालयमा पुगेर पढ्न पाएका छन् ।जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विद्यार्थीका लागि कक्षा कोठामा प्रवेश गर्नुभन्दा पहिले नजिकै टेबुलमा साबुन पानी, सेनिटाइजरको व्यवस्था छ । कक्षा कोठामा सबैले मास्क लगाएर पढ्ने गर्दछन् । कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा

निजी विद्यालयमा कोरोना महामारी तयारी नाममा पनि शुल्क !

२४ असार, काठमाडौं । हरेक वर्ष दोहोरिने निजी विद्यालय र अभिभावकबीच हुने शुल्क विवाद यो वर्ष पनि देखिएको छ । यो वर्ष कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुँदा पनि निजी विद्यालयले विभिन्न बाहनामा धेरै शुल्क असुलेको अभिभावकको गुनासो छ । धापासीस्थित त्रियोग हाइस्कुल, ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुल, पिंगलास्थानको पारागन पब्लिक स्कुलललगायतका विद्यालयले बढी […]

कोरोनाको त्रासले विद्यालय बन्द‚ वैकल्पिक माध्यमबाट पढाइ

सल्यान : कोरोना भाइरस संक्रमणका कारण सल्यानका प्राय विद्यालय बन्द रहे पनि शारदा नगरपालिकाका विद्यालयमा भने पढाइ रोकिएको छैन। नगरपालिकाको शिक्षा शाखाले शिक्षा प्रतिकार्य योजना निर्माण गरी पठनपाठन गराइरहेको छ।शिक्षा प्रतिकार्य योजनाअनुसार सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पूरा गरी टोल सिकाइमार्फत पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख लिलाबहादुर बबालले बताए। ‘नगरपालिकाभित्रका ५८ वटा विद्यालयमा सिकाइ अभिभावक समूह गठन गरिएको छ,’ उनले भने, ‘प्रत्येक विद्यालयमा क्लोज युजर ग्रुप निर्माण गर