वार्षिक परीक्षा र नयाँ भर्ना वैशाखमा, नयाँ शैक्षिक सत्रको पढाइ जेठ १ देखि

काठमाण्डाै – सरकारले आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकाेले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको उहाँले बताउनुभयो । परीक्षा बोर्ड...

सम्बन्धित सामग्री

एउटै शैक्षिक क्यालेन्डरले शिक्षक-विद्यार्थीलाई सहज

कालीकोटको तिलागुफा–९ चिल्खायास्थित शिवालय माध्यमिक विद्यालयमा ४ वर्षअघिसम्म कात्तिकमा वार्षिक परीक्षा सकिन्थ्यो, फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । यो वर्ष भने चैत पहिलो साता वार्षिक परीक्षा सकिएपछि झन्डै ३ साता विद्यालय बन्द भयो । आइतबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु गरिएको छ ।

हावाहुरीले उडायो काँडा माविको छानो

बझाङ : बझाङको साइपाल गाउँपालिका–३ काँडास्थित काँडा माध्यमिक विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ।जस्तापाताले छाएको विद्यालयको छानो शनिबार आएको हावाहुरीले उडाएको हो। हावाहुरीले विद्यालयको दुईतले ४ कोठे भवनमा क्षति गरेको प्रधानाध्यापक रमेश बहादुर जेठाराले बताए।वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको र नयाँ शैक्षिक सत्र सुरु हुने समयमा छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रधानाध्यापक जेठाराको भना

कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसस्ट्रेन आवेदन फाराम वितरण गरि सक्नुपर्नेछ। आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ। तालिका अनुसार कक्षा ११ र १२ दुवै परीक्षा वैशाखमा सञ्चालन हुनेछ।

पाठ्यपुस्तकमा नयाँ फड्को

झन्डै डेढ दशकदेखि वैशाख महिना सुरु हुनासाथ सञ्चार माध्यममा निरन्तर एकै प्रकारका समाचारले प्रधान स्थान पाउँथे, “भर्ना भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन् ।” त्यति मात्रै होइन, वार्षिक परीक्षा आउन लाग्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको समाचार गत महिना छ्याप्छ्याप्ती सुनिन्थ्यो/देखिन्थ्यो । अहिले भने यो अवस्था फेरिएको छ अर्थात् शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीले हातहातै पाठ्यपुस्तक पाएका छन् । केही जिल्लामा पाठ्यपुस्तक वितरणकै क्रममा रहे पनि अधिकांश जिल्लामा पुगिसकेको छ ।