त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पढाइ बन्द : चलिरहेका परीक्षा भने नरोकिने

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म पढाइ बन्द गरेको छ । कोरोना भाइरसको सङक्रमण बढेको भन्दै त्रिविले विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको हो । विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी माघ १० गतेसम्म बिदा दिने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।  विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले सूचना निकालेर अहिले चलिरहेको परीक्षा भने यथावत् सञ्चालन हुने जनाएको छ । परीक्षा केन्द्रहरुमा स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह ग...