रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

काठमाडौं । रिडी पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवार रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरेकाले भोलि माघ १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  रिडी पावर कम्पनीले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २९ गते साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी गराएको हो ।  त्यस्तै अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते साधारण सभा बोलाएको छ । सभा  मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

४७ अर्बभन्दा बढीको धितोपत्र सार्वजनिक निष्कासन पाइपलाइनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हाल ४७ अर्ब ३० करोड ७२ लाख रुपैयाँभन्दा बढीको धितोपत्र सार्वजनिक निष्कासनका लागि निवेदन पेश भएका छन् । आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन), एफपीओ (थप निष्कासन), हकप्रद शेयर, ऋणपत्र र म्युचुअल फन्ड निष्कासनका लागि बोर्डमा उक्त रकम बराबरको आवेदन परेको हो । बोर्डको वेबसाइटमा राखिएको जानकारीअनुसार ३५ कम्पनीले २७ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको आईपीओ अनुमतिका लागि आवेदन दिएका छन् । त्यस्तै पाँच कम्पनीले २९ करोड ४ लाख रुपैयाँभन्दा बढीको एफपीओ, ९ कम्पनीले ९ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको हकप्रद शेयर, एक कम्पनीले ३ अर्ब रुपैयाँको ऋणपत्र र आठ कम्पनीले ६ अर्ब ९५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्डका एकाइ विक्री गर्न बोर्डमा निवेदन दिएका हुन् । यतिका कम्पनी सार्वजनिक निष्कासनका लागि पर्खिएका बेला स्वीकृति प्रक्रिया भने २ महीनादेखि ठप्प छ । गत कात्तिकदेखि नै सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया प्रभावित बन्दै आएको छ ।  धितोपत्रको दोस्रो बजारमा आपूर्ति बढेको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले कात्तिकपछि २ महीना सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया ठप्प बनाएको थियो । कात्तिक १ गते हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यसमेत जोडेर प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति दिएको बोर्डले २ महीनापछि पुस ३ गते सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई शेयर बेच्न अनुमति दिएको थियो । त्यसपछि पुस १९ गते बुक बिल्डिङ विधिबाटै योग्य संस्थागत लगानीकर्तालाई शेयर विक्री गर्न रिलायन्स स्पिनिङ मिल्सले बोर्डबाट अनुमति पाएको छ ।  बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल सकिनुभन्दा १ दिनअघि केही सार्वजनिक निष्कासनका लागि अनुमति दिएका थिए । पुस २० गतेसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका हमालले पुस १९ गते रिलायन्सलाई योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री गर्न र रिडी पावर, नारायणी डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावरलाई लाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएका थिए । त्यसयता सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया रोकिएको छ । यतिबेला बोर्ड अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान भएको अवस्था छ । फागुन ३० गतेसम्म आवेदन पेश गर्न सकिने गरी फागुन १६ गते अध्यक्ष नियुक्तिका लागि गठित सिफारिश समितिले दरखास्त आह्वान गरेको छ । माघ ३ गते सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको तीन सदस्यीय सिफारिश समिति गठन गरेको हो । अध्यक्ष नियुक्त हुन अझै केही समय लाग्ने भएकाले धितोपत्र बोर्डले सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया अघि बढाउन चाहेको छ । अध्यक्ष नहुँदा सञ्चालक समितिमार्फत निर्णय गराएर स्वीकृति दिन सकिने भएकाले अब बस्ने बोर्ड सञ्चालक समिति बैठकले यस विषयमा छलफल गर्ने बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए । लामो समय सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया रोक्न नहुने मान्यतामा बोर्ड रहेकाले के कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा अब १–२ दिनभित्रै बोर्ड सञ्चालक समिति बैठकले टुंगो लगाउने देवकोटाको भनाइ छ । सार्वजनिक निष्कासन प्रक्रिया रोकिँदा कम्पनीहरूको पूँजी व्यवस्थापनमा असर परेको भन्दै पछिल्लो समय नियामकप्रति सरोकारवाला रुष्ट छन् । अग्रज लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले यतिबेला बीमा कम्पनीहरूलाई पूूँजी वृद्धिको र जलविद्युत् कम्पनीहरूलाई कर्जा भुक्तानीदेखि नयाँ योजनामा लगानी गर्नुपर्ने चटारो रहेको बताए । नियामक निकायले कम्पनीहरूको यस्तो बाध्यकारी अवस्थालाई बुझेर प्रक्रिया पूरा गरेकालाई सार्वजनिक निष्कासनको बाटो खुला गर्नुपर्ने घिमिरे बताउँछन् । नयाँ अध्यक्ष नियुक्त हुन अझै केही समय लाग्ने निश्चित अवस्थालाई ध्यानमा राखी सार्वजनिक निष्कासनको बाटो खुला गर्ने निर्णयमा पुग्नुपर्नेमा उनले जोड दिए ।

रिडी पावर र अरुण भ्याली हाइड्रोपावरले हकप्रद निष्कासन गर्न सेबोनबाट पाए स्वीकृति

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएका छन् । रिडी पावर कम्पनी लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न सेबोनबाट अनुमति पाएका हुन् । यी दुवै कम्पनीले हकप्रद निष्कासनको लागि पुस १९ गते बोर्डबाट अनुमति पाएको नेप्सेमार्फत जानकारी दिएका हुन् ।  अरुण भ्याली हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । अब कम्पनीले १ करोड ८६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । हकप्रद शेयर विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मेवा) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ । रिडी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । यस कम्पनीको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । स्वीकृति पाएसँगै कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५४ करोड छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ३२ करोडभन्दा बढी पुग्नेछ । कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी

काठमाडौं । पूँजी वृद्धि, नयाँ आयोजना लगानी र ऋण तिर्नका लागि विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।  रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता र छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । त्यस्तै जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड ।

हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पर्खिँदै ११ कम्पनी

काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी नै सार्वजनिक निष्कासनका लागि अनुमति दिइरहेको हो । सार्वजनिक निष्कासनमा आउने धितोपत्रमध्ये साधारण शेयर नै बढी रहेको छ । बोर्डले धितोपत्रमा विविधीकरणका लागि साधारण शेयरसँगै ऋणपत्र, म्युचुअल फण्डको इकाई र हकप्रद शेयरलाई समेत प्राथमिकताका साथ स्वीकृति दिइरहेको छ । धितोपत्र दोस्रो बजार घटिरहेका कारण यतिबेला सार्वजनिक निष्कासनमा आएका साधारण शेयरबाहेक अन्यमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । यो अवस्थामा बोर्डमा ११ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।  नारायणी डेभलपमेन्ट बैंकसमेत ११ कम्पनी यतिबेला हकप्रद शेयर निष्कासनका लागि अनुमति कुरेर बसेको अवस्था छ । २६ करोड २४ लाख ६७ हजार चुक्ता पूँजी रहेको नारायणी डेभलपमेन्ट बैंकले २०७९ भदौ ९ गते नै बोर्डमा निवेदन दिएको थियो । हकप्रदका लागि आवेदन दिएका ११ कम्पनीहरूमध्ये नारायणी डेभलपमेन्ट बैंकले नै सबैभन्दा पहिला आवेदन दिएको हो । अझै पनि कम्पनीको हकप्रद शेयर आवेदन प्रक्रिया जवाफ र समीक्षाअन्तर्गत नै रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ छ । योबाहेक अन्य सबै कम्पनी जलविद्युत क्षेत्रका छन् । पछिल्लो व्यवस्था अनुसार जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने भएसँगै धेरै कम्पनी यो प्रक्रियामा गएका हुन् । हकप्रद शेयरमा मात्र हैन, साधारण शेयरमा समेत जलविद्युत कम्पनीको नै वर्चश्व रहँदै आएको छ । हकप्रद शेयर निष्कासनका लागि प्रतीक्षामा रहेका जलविद्युत कम्पनीहरूमा बरुण हाइड्रोपावर, आँखु खोला जलविद्युत्, ङादी ग्रुप पावर लिमिटेड, लिवर्टी इनर्जी, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, हिमालय उर्जा विकास, सिंगटी हाइड्रो इनर्जी, घलेम्दी हाइड्रो लिमिटेड र छयाङ्दी हाइड्रोपावर लिमिटेड छन् । घलेम्दी हाइड्रोले २०० प्रतिशत र आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । त्यस्तै रिडी पावर र लिवर्टी इनर्जीले ५० प्रतिशत र बरुण हाइड्रो, ङादी ग्रुप, छ्याङदी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।  हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्ये चार कम्पनीहरूको शेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । आँखुखोला जलविद्युतको १५० रुपैयाँ, लिवर्टी इनर्जीको १५१ रुपैयाँ १० पैसा, रिडी पावरको १९४ रुपैयाँ र घलेम्दी हाइड्रोको १९५ रुपैयाँ शेयर मूल्य छ ।

आयोजना निर्माण र ऋण तिर्न हकप्रद रोज्दै जलविद्युत् कम्पनी

काठमाडौं । आयोजना निर्माण र ऋण तिर्न ११ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन  गर्ने योजना बनाएका छन् । जलविद्युत् कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । ११ कम्पनीमध्ये अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीले आयोजना निर्माणका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । अरुण भ्याली हाइड्रोपावरले आयोजना निर्माण र ऋण तिर्न हकप्रद विक्री गर्न लागेको जानकारी गराएको छ ।  अरुण काबेली पावर, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र रिडी पावर कम्पनीले ऋण तिर्न हकप्रद विक्री गर्ने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये कतिपयले विद्युत् नियमन आयोगबाट स्वीकृति पाई नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल भन्छन्, ‘कम्पनीहरूले विवेकपूर्ण निर्णय लिनुपर्छ । हकप्रद शेयर निष्कासन गर्न नपाउने भन्ने हुँदैन तर यो कत्तिको विवेकपूर्ण निर्णय हो ? कम्पनी डुब्ने अवस्थामा यस्तो गर्नुपर्छ तर सामान्य अवस्थामा नाफा कमाएरै ऋण तिर्नुपर्ने हो । ऋण तिर्नकै लागि हकप्रद शेयर जारी गर्नु राम्रो होइन ।’ अधिवक्ता ज्योति दाहालका अनुसार ऋण तिर्नकै लागि हकप्रद शेयर विक्री गर्नु राम्रो होइन । ‘ऋणमुक्त भएपछि आम्दानी बढ्छ भन्ने शेयरधनीहरू नै हुन् । हाइड्रोपावर कम्पनीले स्वपूँजी र ऋण अनुपात सामान्य अवस्थामा हुँदाहुँदै ऋणमोचन गर्न जुन प्रकारले हकप्रदको घोषणा गरिरहेका छन्, यसले कम्पनीको प्रतिशेयर आम्दानीलाई ध्वस्त पारेर कम्पनीलाई नै धराशयी बनाउँछ,’ दाहालले भने । नेपालको शेयरबजारमा अत्यन्तै लोकप्रिय बनाइएको हकप्रदले कम्पनीलाई अपवादबाहेक तत्काल वा दीर्घकालमा कुनै फाइदा नहुने दाहालको तर्क छ । हालसम्ममा सिनर्जी पावर, अपि पावर, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी र अरुण काबेलीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । अपि पावर कम्पनीले हालको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न गत चैत ६ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो । हाल अपि पावरको चुक्ता पूँजी ४ अर्ब १३ करोड छ । ४० प्रतिशत हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुनेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर विक्री गर्न लागेको हो । अपर तामाकोशी हाइड्रोपावरले १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन १८ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड हो । हाल तामाकोशीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासनपछि पूँजी २१ अर्ब १८ करोड पुग्नेछ । तामाकोशीले हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीका जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला र तामाकोशी–५ आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।  अरुण काबेली पावर कम्पनीले पनि १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७८ कात्तिक २८ गते सेबोनमा निवेदन दिएको थियो । यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड हो । हाल अरुण काबेलीको चुक्ता पूँजी १ अर्ब ८५ करोड छ । शतप्रतिशत हकप्रद विक्रीपछि चुक्ता पूँजी ३ अर्ब ७१ करोडभन्दा माथि पुग्नेछ ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्दै छ । कम्पनीले हकप्रद निष्कासन गर्न सेबोनमा जेठ २२ गते निवेदन दिएको हो । छ्याङ्दीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड हो । यसले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न चाहेको छ । हाल छ्याङ्दीको चुक्तापूँजी ३८ करोड ६९ लाख रुपैयाँ छ । हकप्रद विक्रीपछि कम्पनीको पूँजी ७७ करोड ३९ लाख पुग्नेछ । त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २:१ अनुपातमा हकप्रद निष्कासनका लागि गत फागुन ५ गते सेबोनमा निवेदन दिएको छ । सिनर्जीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ छ । अरुण भ्यालीले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, रिडी पावर र शिवश्री हाइड्रोपावरको सञ्चालक समितिले हकप्रद निष्कासन गर्ने निर्णय मात्रै गरेका छन् । उक्त निर्णय साधारणसभाबाट पारित हुन र विद्युत नियमन आयोगबाट स्वीकृत हुन बाँकी छ । साधारणसभाबाट निर्णय पारित भई आयोगले स्वीकृति दिएपछि यी कम्पनीले सेबोनमा निवेदन दिनुपर्छ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोडको शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।  हकप्रद विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत् आयोजना (३० मेगावाट) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी त्यत्ति नै रकम कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्न बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने बताइएको छ ।  यसले विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । घलेम्दी हाइड्रोले २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद निष्कासनको निर्णय साधारणसभाले पारित गरिसकेको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्न कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । हाल घलेम्दीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । प्रस्तावित हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।  हिमालयन ऊर्जा विकास कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रदबाट प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकमले बैंकको दीर्घकालीन ऋण भुक्तानी गर्ने निर्णय गरेको छ । आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत् आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्न लागेको हो ।  रिडी पावर कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।  त्यस्तै शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । शिवश्रीले बैंक ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने निर्णय गरेको बताएको छ ।

रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दै छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिडी पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन गरेको छ ।   यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरेकाले मंगलवारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३०८ दशमलव ३३ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३३३ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो । त्यस्तै रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३८५ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ५३९ को आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

रिडी पावरसहित तीन कम्पनीको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । रिडी पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज मंगलवार रहेको छ । यी तीनओटैै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक गरेकाले आज अर्थात् माघ १७ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  रिडी पावर कम्पनीले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २९ गते साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी गराएको हो ।  त्यस्तै अरुण भ्याली हाइड्रोपावरले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते साधारण सभा बोलाएको छ । सभा  मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।  तारागाउँ रिजेन्सी होटल्सले  गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको छ ।