४७ अर्बभन्दा बढीको धितोपत्र सार्वजनिक निष्कासन पाइपलाइनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हाल ४७ अर्ब ३० करोड ७२ लाख रुपैयाँभन्दा बढीको धितोपत्र सार्वजनिक निष्कासनका लागि निवेदन पेश भएका छन् । आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन), एफपीओ (थप निष्कासन), हकप्रद शेयर, ऋणपत्र र म्युचुअल फन्ड निष्कासनका लागि बोर्डमा उक्त रकम बराबरको आवेदन परेको हो । बोर्डको वेबसाइटमा राखिएको जानकारीअनुसार ३५ कम्पनीले २७ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको आईपीओ अनुमतिका लागि आवेदन दिएका छन् । त्यस्तै पाँच कम्पनीले २९ करोड ४ लाख रुपैयाँभन्दा बढीको एफपीओ, ९ कम्पनीले ९ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको हकप्रद शेयर, एक कम्पनीले ३ अर्ब रुपैयाँको ऋणपत्र र आठ कम्पनीले ६ अर्ब ९५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्डका एकाइ विक्री गर्न बोर्डमा निवेदन दिएका हुन् । यतिका कम्पनी सार्वजनिक निष्कासनका लागि पर्खिएका बेला स्वीकृति प्रक्रिया भने २ महीनादेखि ठप्प छ । गत कात्तिकदेखि नै सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया प्रभावित बन्दै आएको छ ।  धितोपत्रको दोस्रो बजारमा आपूर्ति बढेको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले कात्तिकपछि २ महीना सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया ठप्प बनाएको थियो । कात्तिक १ गते हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यसमेत जोडेर प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति दिएको बोर्डले २ महीनापछि पुस ३ गते सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई शेयर बेच्न अनुमति दिएको थियो । त्यसपछि पुस १९ गते बुक बिल्डिङ विधिबाटै योग्य संस्थागत लगानीकर्तालाई शेयर विक्री गर्न रिलायन्स स्पिनिङ मिल्सले बोर्डबाट अनुमति पाएको छ ।  बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल सकिनुभन्दा १ दिनअघि केही सार्वजनिक निष्कासनका लागि अनुमति दिएका थिए । पुस २० गतेसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका हमालले पुस १९ गते रिलायन्सलाई योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री गर्न र रिडी पावर, नारायणी डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावरलाई लाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएका थिए । त्यसयता सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया रोकिएको छ । यतिबेला बोर्ड अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान भएको अवस्था छ । फागुन ३० गतेसम्म आवेदन पेश गर्न सकिने गरी फागुन १६ गते अध्यक्ष नियुक्तिका लागि गठित सिफारिश समितिले दरखास्त आह्वान गरेको छ । माघ ३ गते सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको तीन सदस्यीय सिफारिश समिति गठन गरेको हो । अध्यक्ष नियुक्त हुन अझै केही समय लाग्ने भएकाले धितोपत्र बोर्डले सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया अघि बढाउन चाहेको छ । अध्यक्ष नहुँदा सञ्चालक समितिमार्फत निर्णय गराएर स्वीकृति दिन सकिने भएकाले अब बस्ने बोर्ड सञ्चालक समिति बैठकले यस विषयमा छलफल गर्ने बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए । लामो समय सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया रोक्न नहुने मान्यतामा बोर्ड रहेकाले के कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा अब १–२ दिनभित्रै बोर्ड सञ्चालक समिति बैठकले टुंगो लगाउने देवकोटाको भनाइ छ । सार्वजनिक निष्कासन प्रक्रिया रोकिँदा कम्पनीहरूको पूँजी व्यवस्थापनमा असर परेको भन्दै पछिल्लो समय नियामकप्रति सरोकारवाला रुष्ट छन् । अग्रज लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले यतिबेला बीमा कम्पनीहरूलाई पूूँजी वृद्धिको र जलविद्युत् कम्पनीहरूलाई कर्जा भुक्तानीदेखि नयाँ योजनामा लगानी गर्नुपर्ने चटारो रहेको बताए । नियामक निकायले कम्पनीहरूको यस्तो बाध्यकारी अवस्थालाई बुझेर प्रक्रिया पूरा गरेकालाई सार्वजनिक निष्कासनको बाटो खुला गर्नुपर्ने घिमिरे बताउँछन् । नयाँ अध्यक्ष नियुक्त हुन अझै केही समय लाग्ने निश्चित अवस्थालाई ध्यानमा राखी सार्वजनिक निष्कासनको बाटो खुला गर्ने निर्णयमा पुग्नुपर्नेमा उनले जोड दिए । 

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड तत्काल सार्वजनिक सेयर निष्कासनको अनुमति नदिने

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन (आइपिओ) सेयर स्वीकृति रोक्ने निर्णय गरेको छ । बिहीबार बसेको धितोपत्र बोर्डको अनौपचारिक बैठकले सार्वजनिक निष्कासनको सेयर रोक्ने निर्णय गरेको हो । बोर्डको यो निर्णयसँगै हकप्रद सेयर,...

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति

१२ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति दिएको छ । धितोपत्र बोर्डले १० असोजमा दुवै कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो । मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने […]

हरित ऋणपत्र निष्कासन गर्न सकिने व्यवस्थासहित नियमावली संशोधन

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा हरित बन्डलगायतका नवीन वित्तीय औजार निष्कासन गर्नसक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिनेछ […]

एक वर्षमा साढे ८५ अर्बको धितोपत्र निष्कासन

नेपाल धितोपत्र बोर्डले एक वर्षको बीच अर्थात् आव ०७९/८० मा ७८ वटा कम्पनीबाट ८५ अर्ब ५४ करोड ८९ लाख रुपैयाँबराबर धितोपत्र निष्कासनको अनुमति दिएको छ । प्राथमिक सेयर (आइपिओ) डिबेन्चर, एफपिओ,...

मल्टिपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर निष्कासन

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको सम्बन्धमा सम्झौता भएको छ।...

दुई हाइड्रोपावरले ७४ करोडको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग मागे अनुमति

२४ भदौ, काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ । त्यस्तै माइखोला हाइड्रोपावर […]

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता […]

साहस ऊर्जाको आइपिओ निष्कासन हुँदै

साहस ऊर्जा कम्पनीको साधारण सेयर (आइपिओ) निष्कासन हुने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट निष्कासन गर्ने अनुुमति पाएसँगै यही साउन २९ गतेबाट सर्वसाधारणका लागि निष्कासनको आवेदनसमेत खुला गरेको छ । कम्पनीको जारी पुँजी...

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ निष्कासन हुँदै

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न पाउने अनुमति पाएको छ