रिडी पावरसहित तीन कम्पनीको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । रिडी पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज मंगलवार रहेको छ । यी तीनओटैै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक गरेकाले आज अर्थात् माघ १७ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  रिडी पावर कम्पनीले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २९ गते साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी गराएको हो ।  त्यस्तै अरुण भ्याली हाइड्रोपावरले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते साधारण सभा बोलाएको छ । सभा  मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।  तारागाउँ रिजेन्सी होटल्सले  गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको लाभांश  सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं ।समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १९ गते बुकक्लोज गर्ने भएको छ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।   कम्पनीले चैत २९ गते, बिहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ४२२२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २८५४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एफपीओ निष्कासन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

समता घरेलु लघुवित्तको लाभांश  सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं ।समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १९ गते बुकक्लोज गर्ने भएको छ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।   कम्पनीले चैत २९ गते, बिहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ४२२२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २८५४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एफपीओ निष्कासन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २७ गते बुक क्लोज गर्दैछ ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल टेलिकम (NTC) को लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । साधारणसभाको लागि टेलिकमले चैत्र ११ गते शुक्रबारदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज बिहीबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तवित लाभांश पाउने छन् । हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ […]

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक र रिलायन्स फाइनान्सले (मंगलवार) बुक क्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको म...

आज यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज पुस १४ गते बुधबार ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो पुस । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । जस अनुसार आज समिट लघुवित्त, मन्जुश्री फाइनान्स, चिलिमे हाइड्रो , एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, र इन्फिनिटी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।समिट लघुवित्तले पुस २४ गते साधारणसभा आह्वान गरेको छ भने २५.२८५३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । मन्जुश्री फाइनान्सले पुस २५ गते साधारणसभा आह्वान गरेको छ भने ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । चिलिमे हाइड्रोले पुस २३ गते साधारणसभा आह्वान गरेको छ भने ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टले पुस २९ गते साधारणसभा आह्वान गरेको छ भने ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । र इन्फिनिटी लघुवित्तले पुस २७ मा साधारणसभा आह्वान गरेको छ भने २७.७ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्ने छन् ।

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतवार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म यी कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।    विजय लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१% बोनस सेयर र कर तिर्न १.०५४% नगद लाभांश वितरण गर्दैछ । संस्थाले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।     महुली लघुवित्...

यी बैंक तथा वित्तिय संस्थाहरुले आज लाभांश सुरक्षित गर्दैछन्

बिहीबार विभिन्न बैक तथा वित्तिय संस्थाहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । जसमा ज्योति विकास बैंक,एनएमबी लघुवित्त, सूर्या लाइफ,बुटवल पावर कम्पनी लगायतका बैक तथा वित्तिय संस्थाहरुले लाभांश सुरक्षित गर्दैछन् । ज्योति विकास बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दै छ । ९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कात्तिक, काठमाडौं । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ती कम्पनीको शेयर खरीद गरी शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी […]