सप्तकोसीमा यस वर्षकै उच्च बहाब

सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाब मापन भएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाब आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनमा सप्तकोसीमा दुई लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड बहाब पुगेको छ । नदीको बहाव बढेसँगै कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका […]

सम्बन्धित सामग्री

खतरामा कोसी ब्यारेज, पानीको बहाब बढेपछि ५६ ढोका खोलियो - NepaliPatra

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीको बहाव निरन्तर बढिरहेको छ । कोसी ब्यारेज कन्ट्रोल रुमले सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरेको छ । आज बिहान चार बजेको मापनअनुसार सप्तकोशी नदिमा पानीको बहाब ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ । पानी बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका […]

नारायणीमा यस वर्षकै उच्च बहाब, भुताहा, सिहेरी, प्रसौनी लगायतका गाउँ डुबानमा

नारायणी नदीमा यस वर्ष पानीको सतह अहिलेसम्मकै उच्च भएको छ । नारायणी नदीमा पानीको बहाब बढेसँगै नवलपुर र पश्चिम नवलपरासीका विभिन्न गाउँमा पानी पस्न थालेको छ ।  जिल्ला प्रहरी कार्यालय पश्चिम...

काठमाडौं आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात[फोटो फिचर]

पुस १४, काठमाडौं ।  काठमाडौं आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात शुरु भएको छ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहानैदेखि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।            महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/ यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ ।     पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा बिहानैदेखि हिउँ पर्न शुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य  हेर्नेहरूको भीड नै लाग्न थालेको छ ।   चन्द्रागिरि मात्र होइन यो पटक हुम्ला, डोटी, मनांगमा  पनि यो वर्ष पहिलो पटक हिमपात भएको हो । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएको छ । चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन रआवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ । दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।  हिमाली भेगमा बाक्लो हिमपात : जनजीवन प्रभावित         ताप्लेजुङ जिल्लामा आइतवार साँझदेखि भारी मात्रामा  हिमपात परेको छ ।  समुद्र सतहदेखि ३ हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात शुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताएका छन् । हुम्लाकोसिमकोटमा पनि बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । यस वर्षकै ठूलो हिमपातले स्थानीइ मुचुकाखोलामा पानी जमेर बहाब कम भएको छ ।

सप्तकोशी नदीमा कटान सुरु, प्राविधिक सहितको टोली मर्मतमा

सप्तकोशी नदीको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र मधुवन क्षेत्रमा पानीको बहाब कम भएसँगै कटान सुरु गरेको छ । पूर्व तटबन्धको राजाबास क्षेत्रमा केही बढी कटान भएकाले त्यस स्थानका स्पर र किनार क्षेत्रमा मर्मत सम्भार सुरु गरिएको छ । नेपाल कै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीमा सनिबार पानीको बहाव यो वर्षकै उच्च मापन गरिएकोमा आइतबार विहानैदेखि कम हुँदै गएको छ । सप्तकोशी नदीमा पानी कमभएसँगै कटान सुरु हुने भएकाले त्यसको पूर्वानुमानको आधारमा स्टोर गरेर राखेको बालुवाको बोरा, तारजाली र पानीको बेग रोक्ने प्रोकोपाईन समेत राखेर मर्मतको काम सुरु गरेको भारतीय जल संशाधन विभाग कोशी प्रोजेक्टले जनाएको छ । कोशीमा ठाउँठाउँमा जोखिम बढेको प्राविधिक र स्थानीयको गुनासोको आधारमा आइतबार विहानैदेखी सयौं मजदुर लगाएर मर्मतको कार्य स्वरुप बोरामा माटो हालेर जाली भर्ने काम सुरु गरेको छ । प्रकाशपुरको धरहरा टपन, राजाबास सहितको क्षेत्रमा दर्जन बढी स्परको मर्मत यस अघि नै गरिएकोमा बाढीको पानीले केही बीचबीच भागमा कटान गरेकाले मर्मतको काम धमाधम सुरु गरेको र हाल कुनै जोखिम नरहेको भारतीय जल संसाधन विभागको पेटिदारको रुपमा काम गर्ने के. के. मण्डलले बताउनुभयो ।

सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाब यो वर्षकै उच्च भएको छ । आज बिहान पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको हो । सप्तकोसी नदीमा प्रतिसेकेण्ड एकलाख ५० हजारक्युसेक पुगेपछि खतरा मान्छि । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसंगै सप्तकोसी ब्यारेजमा खताको संकेत स्वरुप रोतो बत्ति बालिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च […]

पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता

दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ । आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ । प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही&

सप्तकोशीमा पानीको बहाब यस वर्षकै उच्च, ४८ ढोका खोलियो

काठमाडौं । सप्तकोसी नदीमा मंगलबार पानीको बहाव यसै वर्षकै उच्च भएको छ । पानीको बहाब उच्च भएपछि ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव यो …

जोखिम मोलेर माछा मार्दै

लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाब बढेको छ । नारायणीमा पानीको बहाब यस वर्षकै उच्च भएको छ भने नदीको भेलमा जोखिम मोलेर एक युवा माछा मार्दै छन् ।