काठमाडौं आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात[फोटो फिचर]

पुस १४, काठमाडौं ।  काठमाडौं आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात शुरु भएको छ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहानैदेखि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।            महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/ यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ ।     पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा बिहानैदेखि हिउँ पर्न शुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य  हेर्नेहरूको भीड नै लाग्न थालेको छ ।   चन्द्रागिरि मात्र होइन यो पटक हुम्ला, डोटी, मनांगमा  पनि यो वर्ष पहिलो पटक हिमपात भएको हो । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएको छ । चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन रआवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ । दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।  हिमाली भेगमा बाक्लो हिमपात : जनजीवन प्रभावित         ताप्लेजुङ जिल्लामा आइतवार साँझदेखि भारी मात्रामा  हिमपात परेको छ ।  समुद्र सतहदेखि ३ हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात शुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताएका छन् । हुम्लाकोसिमकोटमा पनि बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । यस वर्षकै ठूलो हिमपातले स्थानीइ मुचुकाखोलामा पानी जमेर बहाब कम भएको छ । 

सम्बन्धित सामग्री

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएकी २७ वर्षीया सिमा ढकाल पाठकको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान गरी करिब ७ लाख ७६ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको हो । त्यस्तै मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सोमबारेस्थित सिद्धेश्वरी सहकारी …

विभिन्न धनमाल चोरी

काठमाडौँका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-४ घर भएका ४० वर्षीय रामहरी सिमखडाको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका विभिन्न गहना र नगद ४६ हजार ४ सय रूपैयाँ गरी करिब ४ लाख ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी …

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौँसहित देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका-१३ बाफल सोल्टी दोवाटो बस्ने ५५ वर्षीय रबिन ताम्राकारको घरमा रहेको अटो सेन्टरमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा विद्युतीय गाडीको ८ वटा ब्याट्रीहरू जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोटस्थित सडकमा …

सामुदायिक प्रहरीलाई काठमाडौं उपत्यकामा विभिन्न स्थानमा परिचालन

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सामुदायिक प्रहरीलाई उपत्यकाका विभिन्न स्थानमा परिचालन गरेको छ । उपत्यकाको सुरक्षामा आफ्नो प्रतिवद्धता जनाउँदै सामुदायिक प्रहरी परिचालन गरेको कार्यालयले जनाएको छ । सामुदायिक प्रहरीले सडक पार गर्दा पैदलयात्रुले भोग्ने गरेका समस्या सहजीकरण गर्ने बताइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा खटिएका सामुदायिक प्रहरीले बिहान ९ बजे […]

नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यही साउन २६ गते बिहिवार विभिन्न विभाग र केही समिति गठन गरेको छ । निर्वाचित भएको १६ महिनापछि शाखाले विभिन्न विभाग र समिति गठन गरेको हो । शाखाका पदाधिकारी तथा सदस्यहरु प्रमुख रहने ती विभागमा रहने सदस्यहरुको संख्या थप गर्न सकिने कार्य समिति सदस्य रमेश कुमार बोहोराले बताएका छन् । …

काठमाडौं महानगरपालिकाले माग्यो विभिन्न क्षेत्रका विषय विज्ञ (सूचनासहित)

काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका विषयविज्ञ माग गरेको छ । महानगरपालिकाले बुधबार एक सूचनामार्फत महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि अनुसार विषय विज्ञ माग गरेको उल्लेख गरेको छ । वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णयानुसार इच्छुक र योग्य व्यक्तिले १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । जसमा वातावरणविज्ञ, वन, वन्यजन्तु विज्ञलगायत रहेका छन् ।