पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता

दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ । आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ । प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही&

सम्बन्धित सामग्री

बाजुरामा खोलाले बगाउँदा एक महिला बेपत्ता

बाजुरा, साउन ३० । बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटकी ६५ वर्षीया गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट […]

बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता

बाजुरा – बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटका प्रसाने बिककी ६५ वर्षीया पत्नि गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी […]

खोलामा बगेर एक महिला बेपत्ता

धनगढी– खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाका–११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन् । उनलाई बयलपाटाबाट घर फर्कने क्रममा शुक्रबार दिउँसो २ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले प्रहरी र स्थानीयले खोजी […]

अछाममा खोलाले बगाउँदा एक महिला बेपत्ता

अछाममा खोलाले बगाउदा एक महिला बेपत्ता भएकी छन्। मंगलसेन नगरपालिका–११ खिमाडा गिटीखौला टोलकी ४४ वर्षीया सरस्वती रावललाई खोलाले बगाएको हो। जिल्लाको बयालपाटाबाट घर फर्किने क्रममा दिउँसो साढे दुई बजेपछि उनलाई मंगलसेन–९...

घर फर्कने क्रममा खाेलाले बगाउँदा अछाममा १ महिला बेपत्ता

अछाम – अछामकाे मंगलसेन नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने तापिरवा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।  खाेलाले बगाउँदा मंगलसेन वडा नम्बर ११ गिटिखौलाकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी प्रहरीले जनाएकाे छ । आज दिउँसाे २ बजेतिर बयलपाटाबाट घर फर्कने क्रममा उनलाई खोलाले बगाएको हो ।  अहिले नेपाल प्रहरी र स्थानीयवासीले कैलाश खोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर बेपत्ताको खोजी गरिरहेकाे छ ।

खोलाले बगाउँदा दुई जना बेपत्ता

काठमाण्डौ – खोलाले बगाउँदा देशका विभिन्न ठाउँमा शनिबार दुई जना बेपत्ता भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकामा दिउँसो स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु मिजार रहेकी छन् ।  यस्तै दाङको पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता...

खोलाले बगाउँदा एक महिला बेपत्ता

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ११ शिबपुरकी अन्दाजी ५२ वर्षीया मिना भण्डारीलाई स्थानीय बगाले खोलामा आएको बाढीले दिउँसो सवा २ बजेतिर बगाएपछि बेपत्ता भएकी हुन्।

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

दयाराम पण्डित, बाजुरा ।  जिल्लाको पूर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार बिहान गाउँनजिकैको खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतीकला ल्वार रहेकी छन् । आइबातरदेखि आएको अविरल वर्षासँगै सोमबार बिहान खोलामा आएको बाढीले बगाउँदा महिला बेपत्ता भएकी हुन् । बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन […]

खोलाले बगाउँदा एक बालकसहित महिला बेपत्ता

दयाराम पण्डित, बाजुरा । बाजुराको त्रिबेणी नगरपालिका वडा नं ५ मा किम्नी खोलाले बगाउँदा सोही वडाका एक जना बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको खोजी गर्न मौरे प्रहरी चौकीबाट प्रहरी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजित महराले जानकारी दिनुभएको छ । बालकको नाम भने खुलेको छैन प्रहरी नायब उपरिक्षक […]

बाजुरामा खोलाले ल्याएका दाउरा टिप्न खोज्दा बगेर महिला बेपत्ता

बाजुराको बूढीनन्दा नगरपालिकामा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रूखकी अन्दाजी ३६ वर्षीया मोतीकला लोहार रहेकी छन्