हरिले जिते काठमाडौं म्याराथन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका धावक हरि कुमार रिमालले १४औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको म्याराथनमा रिमालले निर्धारित दुरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाउने भएपछि हरिले प्रतिस्पर्धा गरेका थिए । जुनेश खड्काले २ घन्टा ४२ मिनेट […]

सम्बन्धित सामग्री

खर्च जुटाउन हाफ म्याराथन दौडिरहेका दीपक

सरकारको पुरस्कार ऐन अन्तर्गत एसियाली स्तरमा स्वर्ण जित्ने खेलाडीले १० लाख रुपैयाँ पाउँछन् । सरकारबाट त्यो रकम पाउने आशामा उनका दिनहरु बितेका छन् ।

आर्मीका होमले जिते काठमाडौं म्याराथन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । उनलाई कसैले पनि चुनौती दिन सकेनन् । सुरूदेखि नै अग्रता बनाएका होमले निर्धारित (४२.१९५ किलोमिटर) दौड २ घण्टा ३० मिनेट २५ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् । म्याराथनमा दुई घण्टा ३० मिनेट खराब टाइमिङ मानिन्छ । […] The post आर्मीका होमले जिते काठमाडौं म्याराथन first appeared on हाम्रो खेलकुद.

सुमन र अनिताले जिते शैलुङ अल्ट्रा म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]

राइट टु प्रोटिन रन हाफ म्याराथन : आर्मीका दीपक र एपीएफकी फुलमतीलाई उपाधि

काठमाडौं । ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को उपाधि महिलातर्फ एपीएफकी फुलमती राना र पुरुषतर्फ आर्मीका दीपक अधिकारीले जितेका छन् । नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा फुलमतीले निर्धारित दूरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारिन् । राममाया उक्त दूरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दूरी १ घण्टा २३ मिनेट १० सेकेन्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्का १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन् । पुलिसकी अञ्जु खड्का १ घण्टा ३२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् । पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जिते । दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । दोस्रो भएका राजनले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए । भारतीय सेनाका नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने । चौथो बनेका तीर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गरे । तीर्थ गतवर्षको च्याम्पियन खेलाडी हुन् । आर्मीका सुशीलकुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पूरा गर्दै पाँचौं स्थान हासिल गरे । म्याराथनका दुवैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गरे । त्रिभुवन आर्मी क्लबका खेलाडीले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा शीर्ष पाँच स्थान प्राप्त गरेका छन् । महिला खुला ५ किलोमिटर दौडमा शीर्ष २ पनि आर्मीकै खेलाडी रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीलाई पुरस्कृत गरे । आयोजक संस्थाका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले प्रतियोगितामा ४ हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा नेपाल दाना उद्योग संघ र संघ अन्तर्गतका दाना उद्योग सहयोगीको रूपमा रहेका थिए ।

दीपक अधिकारी र फूलमती रानाले जिते राइट टु प्रोटिन हाफ म्याराथन

७ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपीएफकी फूलमती रानाले राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको प्रमुख विधा हाफ म्याराथनमा आर्मीका दीपकले १ घण्टा ५ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरी उपाधि जितेका हुन् । आर्मीकी राजन रोकाय ६ सेकेण्डले पछि पर्दै उपविजेतामा सीमित […]

म्याराथनमा गण्डकीका अनिसलाई स्वर्ण

काठमाडौं । एथलेटिक्सतर्फ म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिस थापा मगरले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा १८ जना सहभागी थिए । त्रिभुवन आर्मी क्लवका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घण्टा […]

कृष्णले जिते प्रधानसेनापति खुला म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका कृष्णबहादुर बस्नेतले प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । शनिबार २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै कृष्ण विजेता बनेका हुन् । सेनाकी खड्कबहादुर खड्का दोस्रो र शसस्त्र प्रहरी बलका किरण सिंह बोगटी तेस्रो भएका छन् । खड्कले २ घन्टा २२ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए । […]

सुमन कुलङले जिते पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि

काठमाडौं । पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथन चौथो संस्करणको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २०० मिटर उचाईमा सपन्न म्याराथनमा कुलुङले निर्धारित दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पार गरेका थिए । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार जिते ।  त्रिभुवन आर्मी...

खगेन्द्रले जिते दोस्रो अन्नपूर्ण म्याराथन :: Pahilopost.com

काठमाडौं:  दोस्रो अन्नपूर्ण म्याराथन डोटीका खगेन्द्रबहादुर भाटले जितेका छन्। 'टुरिजम फर अल सिजन' भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्नपूर्ण म्याराथन जितेर खगेनद्रले १ लाख ५ हजार पुरस्कार हात पारे।  सोमबार बिहान ६ बजेर १५ मिनेटमा ४२ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधारशिविर हुँदै बगर,

भिम गुरुङले जिते एभरेष्ट म्याराथनको उपाधि :: Pahilopost.com

काठमाडौं : भिम बहादुर गुरुङले १५औँ तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन्। पहिलो पटक सगरमाथाको सफल आरोहण भएको अवसर पारेर मंगलवार एभरेष्ट बेसक्याम्पबाट नाम्चेसम्म भएको फुल म्याराथन भिमले ४ घण्टा २ मिनेट ३० सेकेण्डमा पुरा गरे। ४ घण्टा ६ मिनेट १० सेकेण्डमा म्यराथन पुरा गरेका सुमन कुलुङ दोस्रो तथा