राइट टु प्रोटिन रन हाफ म्याराथन : आर्मीका दीपक र एपीएफकी फुलमतीलाई उपाधि

काठमाडौं । ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को उपाधि महिलातर्फ एपीएफकी फुलमती राना र पुरुषतर्फ आर्मीका दीपक अधिकारीले जितेका छन् । नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा फुलमतीले निर्धारित दूरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारिन् । राममाया उक्त दूरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दूरी १ घण्टा २३ मिनेट १० सेकेन्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्का १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन् । पुलिसकी अञ्जु खड्का १ घण्टा ३२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् । पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जिते । दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । दोस्रो भएका राजनले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए । भारतीय सेनाका नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने । चौथो बनेका तीर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गरे । तीर्थ गतवर्षको च्याम्पियन खेलाडी हुन् । आर्मीका सुशीलकुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पूरा गर्दै पाँचौं स्थान हासिल गरे । म्याराथनका दुवैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गरे । त्रिभुवन आर्मी क्लबका खेलाडीले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा शीर्ष पाँच स्थान प्राप्त गरेका छन् । महिला खुला ५ किलोमिटर दौडमा शीर्ष २ पनि आर्मीकै खेलाडी रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीलाई पुरस्कृत गरे । आयोजक संस्थाका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले प्रतियोगितामा ४ हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा नेपाल दाना उद्योग संघ र संघ अन्तर्गतका दाना उद्योग सहयोगीको रूपमा रहेका थिए ।

सम्बन्धित सामग्री

दीपक र सन्तोषीलाई हाफ म्याराथन उपाधि

नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले ‘राइट टु प्रोटिन रन’ मा हाफ म्याराथन उपाधि जित्नुभएको छ । शनिबार भएको दौडमा दीपक पुरुष तथा सन्तोषी महिलामा च्याम्पियन बन्नुभएको हो ।

‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन यसै साता

काठमाडौँ : नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा ७ हजार २८६ जनाले भाग लिने संयोजक डा शीतलकाजी श्रेष्ठले आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) र ३ किमी (महिला), अपाङ्गता भएका भएका व्यक्तिका लागि ह्विलचेयर र बालब

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन ‘राइट टु प्रोटिन रन’

काठमाडौं- नेपाल भेटेरिनरी एसोसिएसनले प्रोटिनमाथिको अधिकार आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन हाफ म्याराथनको आयोजना गर्ने भएको छ । एसोसिएसनको आयोजनामा आगामी चैत १० गते राजधानीमा ‘राइट टु प्रोटिन रन’ हुने भएको छ । हाफ म्याराथन दशरथ रंगशालाबाट सुरु भएर रंगशालामै समापन हुनेछ। यस वर्षको म्याराथन तथा अन्य विधाका दौड प्रतियोगितामा सात हजार बढी धावक […]

किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछ : मन्त्री साह

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिन मन्त्रालयले तयारी गरिरहेकाे बताउनुभएकाे छ । शनिवार काठमाण्डौमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लूबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताउनु भयो । उहाँले कृषि मन्त्रालय खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो ।   ...

‘प्रोटिन रनमा उत्साहजनक सहभागिता’

‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन दौडमा ३ हजार ६ सयभन्दा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भेटेरिनरी संघको आयोजनामा सन्तुलित आहारको सन्देश दिने लक्ष्यसाथ शनिबार हाफ म्याराथन आयोजना हुँदै छ ।

राइट टु प्रोटिन रन माघ ७ मा

नेपाल भेटेरिनरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ । हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए ।पुरुष-महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड तथा व्हीलचेयरमा प्रतिस्पर्धा हुनेछ । सातै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी १० लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । हरेक प्रस्पर्धामा पाँचौं स्थानसम्म आउनेलाई नगदबाट

राइट टु प्रोटिन रन माघ ७ गते हुने

काठमाडौं – नेपाल भेटनेरी संघको आयोजनामा राइट टु प्रोटिन रन माघ ७ गते हुने भएको छ। हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने आयोजक संघका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकारी दिए। पुरुष-महिला खुला हाफ म्याराथन, खुला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीको पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड […]

माघ ७ मा ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन हुने – देशसञ्चार

काठमाडौँ – नेपाल भेटेरिनरी एशोसिएशनले माघ ७ गते ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन गर्ने भएको छ। काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले

‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन हुँदै

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले माघ ७ गते ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले यसबारेमा जानकारी गराएको हो । प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनको आयोजना गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका दौड हुने […]

राइट टु प्रोटिन रन हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन रन हाफ म्याराथनको दोस्रो संस्करण अर्को महिना आयोजना गर्ने भएको छ । राइट टु प्रोटिनको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना जगाउने उद्देश्यका साथ माघ ७ गते हाफ म्याराथन आयोजना गर्न लागिएको एसोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सितलकाजी श्रेष्ठले जानकारी दिए । […]