बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची

ढोरपाटन (बागलुङ), २६ कात्तिक । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको […]

सम्बन्धित सामग्री

बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची

ढोरपाटन (बागलुङ)- बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्...

भाउ बढेपछि अलैँची किसान हर्षित

कालो सुनले चिनिने नगदेबाली अलैँची पूर्वी पहाडी जिल्लाहरूमा धेरै उत्पादन हुने अलैँचीको मूल्य चार वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा उच्च भएपछि...

अलैंचीको भाउ बढेपछि किसान हर्षित

पूर्वी पहाडी जिल्लाहरुमा अलैँचीको मूल्य बढेको छ। वर्षेनी ओरालो लागेको अलैंचीको मूल्य पछिल्लो चार वर्षयताकै उच्च बिन्दुमा पुगेपछि किसान हर्षित भएका छन्। आइतबार अलैँची प्रतिमन (४० किलो)को ५५ देखि ६० हजार...

अलैँचीको भाउ ६ वर्ष यताकै उच्च

पाँचथर – पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन् ।पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष खेम अधिकारीले जानकारी दिनुभयो ।जिल्लामा साउनको तेस्रो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्दछ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र किस...

ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउने चटारो

कात्तिक २१, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् ।  लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैँची उत्पादन गर्दै आएका छन् ।  फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करीब १३ मनसम्म अलैँची विक्री गर्दै आएका छन् ।  तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम शुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताए ।   ‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैँची टिप्न चटारो हुन्छ’, राईले भने । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ । तरपनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।  उनले भने, ‘भूगोल अनुसारको जातको अलैँची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ ।’ कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैँची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन् ।  अलैँची विक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैँचीको दाना र बेर्ना विक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैँची विक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरीद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैँची लगाउन थालेका छन् ।   थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा खलैँची उत्पादन गरिँदै आएको छ । किसानमा अलैँची खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको भने अभाव छ । अलैँची टिप्ने मजदूरको समेत अभाव छ ।  प्रायः सबै गाउँलेको अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जंगली जनावरले पाकेको फल खाइदिने समस्या छ । त्यसैले समयमै टिपेर भित्र्याउनु पर्छ । खेताला पाउन छोडेपछि टिप्न समस्या भएको फक्ताङलुङ गाउँपालिका–५ का किसानकुमार राई बताउँछन् ।  ‘खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोकेर जाँदा पनि खेताला खोज्दा पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई छ’, उनले भने । युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल भएको सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बुले बताए ।  केही वर्ष अघिसम्म सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । पछिल्लो समय अलैँचीको विक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो । अलैँचीको बजार मूल्य रू. एक लाख २० हजारसम्म पुगेको छ । धान, मकै, कोदोलगायत खेती हुने जमिनमा हाल किसानले अलैँची खेती विस्तार गर्न थालेका छन् ।  वैदेशिक रोजगारीमा गएका युवा गाउँ फर्किएपछि अलैँची खेती गर्न थालेका छन् । जिल्लामा अलैँची खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख विनय महर्जनले जानकारी दिए । जिल्लामा करीब चार हजार ३०० हेक्टरमा अलैँची खेती गरिँदै आएको छ । गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । रासस

अलैँचीको भाउ बढेपछि किसान हर्षित

पाँचथर – विगत ८ वर्षयता निरन्तर ओरालो लागेको पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँमा अलैंची बिक्री गरेका किसान भाउ बर्सेनि घट्दै गएपछि निराश बनेका थिए । तर यसवर्ष सिजनको सुरुवातमै भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका हुन् ।पाँचथर जिल्लामा अहिले अलैँची प्रतिमन ३४ देखि ३७ हजार रुपैयाँ सम्ममा कारोबार भइरहेको अलैँची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले बताउनुभयो । गएकाे वर्ष यही समयम...

बर्सेनि ओरालो लाग्दै अलैँचीको भाउ

पाँचथर – पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बाली अलैँचीको भाउ बर्सेनि ओरालो लाग्दै गएको छ । उत्पादनको मुख्य सिजनमा पनि अलैँचीको मूल्यमा गिरावट आउदा अलैँची किसान मर्कामा परेका छन् । असोज र कात्तिक महिना अलैँची उत्पादन हुने मुुख्य सिजन हो । आइतबार पाँचथर जिल्लामा अलैँची प्रतिमन (४० केजी)को २९ देखि ३२ हजारमा कारोबार ...