भाउ बढेपछि अलैँची किसान हर्षित

कालो सुनले चिनिने नगदेबाली अलैँची पूर्वी पहाडी जिल्लाहरूमा धेरै उत्पादन हुने अलैँचीको मूल्य चार वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा उच्च भएपछि...

सम्बन्धित सामग्री

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

फुङलिङ (ताप्लेजुङ) – कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन्। गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन्। एक मनमा ४० केजी अलैँची हुन्छ। अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन रु […]

बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची

ढोरपाटन (बागलुङ), २६ कात्तिक । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको […]

अलैँची विज्ञको आवश्यकता छ : मन्त्री सिटौला

बनियान, ७ जेठ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले अलैँची विज्ञको आवश्यकता रहेको रहेको बताएका छन् । झापाको बिर्तामोडमा आज अलैँची व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा अलैँची विज्ञ नरहेकाले अलैँची विज्ञ उत्पादन गर्न जरुरी रहेको उल्लेख गरे । “आफू पनि अलैँची किसान भएकाले अलैँची किसानका समस्याबारेमा जानकार छु । अलैँची […]

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ

फुङ्लिङ – ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ। तिहार र छठ पर्व सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्। असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो। ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ। बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ। अहिले अलैँची थन्क्याउन मुख्य मौसम […]

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो

ताप्लेजुङ – ताप्लेजुङका किसानलाई यतिबेला अलैँची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैँची टिप्न र थन्क्याउने चटारो भएको हो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न सुरु गरिन्छ । माथिल्लो लेक क्षेत्रमा मंसिर महिनासम्म अलैँची टिप्ने गरिन्छ । यसरी भदौ महिनादेखि मंसिरसम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात् मुख्य सिजन भएकाले किसानलाई भ्य...

चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

काठमाडौँ,४ कार्तिक । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ । अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन […]

चाडबाडमा किसान अलैँची टिप्न व्यस्त

बागलुङ– मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरूलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ ।  अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए। […]

वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

फुङ्लिङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ […]

पश्चिम म्याग्दीको पाखोबारीमा अलैँची खेती विस्तार

गलेश्वर । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् । थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । यसअघि अर्मन र बरङ्जाका केही किसानले न्यून मात्रामा अलैँची खेती गर्दै आएका थिए । दुई […]

छिर्के, फुर्के र जुरजुरे रोगका कारण मासिन थाल्यो अलैँची

नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकै बारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको इलाम, देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि म