ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउने चटारो

कात्तिक २१, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् ।  लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैँची उत्पादन गर्दै आएका छन् ।  फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करीब १३ मनसम्म अलैँची विक्री गर्दै आएका छन् ।  तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम शुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताए ।   ‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैँची टिप्न चटारो हुन्छ’, राईले भने । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ । तरपनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।  उनले भने, ‘भूगोल अनुसारको जातको अलैँची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ ।’ कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैँची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन् ।  अलैँची विक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैँचीको दाना र बेर्ना विक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैँची विक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरीद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैँची लगाउन थालेका छन् ।   थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा खलैँची उत्पादन गरिँदै आएको छ । किसानमा अलैँची खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको भने अभाव छ । अलैँची टिप्ने मजदूरको समेत अभाव छ ।  प्रायः सबै गाउँलेको अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जंगली जनावरले पाकेको फल खाइदिने समस्या छ । त्यसैले समयमै टिपेर भित्र्याउनु पर्छ । खेताला पाउन छोडेपछि टिप्न समस्या भएको फक्ताङलुङ गाउँपालिका–५ का किसानकुमार राई बताउँछन् ।  ‘खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोकेर जाँदा पनि खेताला खोज्दा पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई छ’, उनले भने । युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल भएको सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बुले बताए ।  केही वर्ष अघिसम्म सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । पछिल्लो समय अलैँचीको विक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो । अलैँचीको बजार मूल्य रू. एक लाख २० हजारसम्म पुगेको छ । धान, मकै, कोदोलगायत खेती हुने जमिनमा हाल किसानले अलैँची खेती विस्तार गर्न थालेका छन् ।  वैदेशिक रोजगारीमा गएका युवा गाउँ फर्किएपछि अलैँची खेती गर्न थालेका छन् । जिल्लामा अलैँची खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख विनय महर्जनले जानकारी दिए । जिल्लामा करीब चार हजार ३०० हेक्टरमा अलैँची खेती गरिँदै आएको छ । गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । रासस

सम्बन्धित सामग्री

मुरी भित्र्याउने चटारो [भिडियाे]

दसैँ, तिहार नजिकिँदै गर्दा किसानलाई भने ‘मुरी भित्र्याउने पर्व’को चटारो छ। बर्खामा रोपेको धान पाक्न सुरु भएकाले किसानले बाली भित्र्याउने कामबाट अन्यत्र साेच्न भ्याएका छैनन्। देशभरका अधिकांश स्थानमा धान काट्ने र चुट्ने काम धमाधम भइरहेकाे छ।...

किसानलाई मार्सी धान भित्र्याउने चटारो (फोटो फिचर)

सिमकोट – सबैभन्दा बढी मार्सी धान उत्पादन हुने चंखेली गाउँपालिका– २ र ३ को दार्म र मिमी गाउँमा पाकेको धान भित्र्याउने चटारो सुरु भएको छ। जिल्लामै सबैभन्दा पछि धान उत्पादन हुने भएका कारण किसानलाई यतिबेला धान भित्र्याउने कार्यले भ्याई नभ्याई भएको हो। दार्म गर्खा गाउँकी सुहान हमालले किसानलाई चार दिनयता धान काट्ने र थन्क्याउने कामले […]

दसैँमा ललितपुरका किसानलाई धान भित्र्याउने चटारो

काठमाडौँ – ललितपुरका किसानलाई दसैँको बेलमा पनि धान भित्र्याउने चटारो छ। ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानलाई यतिबेला भ्याइनभ्याइ छ। ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन्। यस वर्ष पानी धेरै परेकाले गत वर्षभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ। समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको […]

जुम्लामा धान भित्र्याउने चटारो

तिहार सकिएसँगै जुम्लाका किसानलाई अन्नबाली भित्र्याउने चटारो सुरु भएको छ । तिहार सकिएलगत्तै जुम्लाका सबै भेगमा मार्सीधान भित्र्याउन थालिएको हो । एकै दिन धान काट्ने (ढाल्ने) स्थानीय चलनअनुसार तिहारलगत्तै जुम्ली किसानलाई मार्सीधान भित्र्याउने चटारो सुरु भएको छ ।विगतका वर्षामा जुम्लाका अधिकांश क्षेत्रमा तिहार अगावै धान भित्र्याइन्थ्यो । तर यसवर्ष वर्षा र बाढी कारण मार्सीधानका फाँट […]

कृषकलाई बाली भित्र्याउने चटारो, पाइदैनन् मजदुर

म्याग्दी– देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दसैँ, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ । खेती लगाउने, भित्र्याउने तथा गाईभैँसी, भेडाबाख्रा फार्म सञ्चालन गर्न मजदुर पाइन छाडेका मङ्गला गाउँपालिका–२ सिमका दीपक केसीले बताए […]

चिनियाँ किसानलाई धान भित्र्याउने चटारो

चीनका विभिन्न प्रान्तमा किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ। हुवसियन सहरको योयाङ र मियो अटोनोमस काउन्टीका किसानहरु बुधवार धान भित्र्याउन व्यस्त देखिन्थे। चोङकिङको यो क्षेत्र धान उत्पादनमा प्रख्यात रहेको सिन्ह्वाले जनाएको छ।

किसानलाई गहुँ भित्र्याउने चटारो

बैतडी । बैतडी सहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरु आ–आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु बर्षको तुलनामा यसबर्ष गहुँबाली सप्रिएको किसानले बताएकाछन् । यसपाली समयमा बर्षा हुदाँ र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया ४का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछी बजारबाट किन्नु […] The post किसानलाई गहुँ भित्र्याउने चटारो appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्याग्दीका किसानहरुलाई धान भित्र्याउने चटारो

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । जिल्लाका माथिल्लो भेगमा धान, कोदो, मकै, भटमासलगायत बाली भित्र्याउन थालिएको हो । पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानका किसानालाई बाली भित्र्याउने चटारो छ । यसपालि बेलैमा र पर्याप्त बर्षा भएका कारण धान उत्पादन बढेको किसानहरुले जानकारी दिएका छन् । म्याग्दी जिल्लाको कुल खेतीयोग्य […]

खोकनामा किसानलाई धान भित्र्याउने चटारो

काठमाडौं : काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ। ललितपुरको खोकनामा पनि किसान यतिबेला धान काट्न व्यस्त छन्। धान काट्दै, चुट्दै, निफन्दै भित्र्याउन अहिले किसान खेतमा बिहानदेखि व्यस्त देखिन्छन्।

ललितपुरको बिशुडोलमा धान भित्र्याउने चटारो (फोटोफिचर)

ललितपुरको बिशुडोलमा किसानलाई पाकेको धान भित्र्याउने चटारो छ। उनीहरु धान काट्न खेतमा काममा जुटेका छन्।...