आमिर खानकी आमा जीनतलाई हृदयघात भएको छ । उनको पाँचगनी घरमा अचानक हृदयघात हुँदा आमिर पनि उनीसँगै थिए । आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराएका थिए । त्यसपछि उनी आमासँग अस्पतालमा बस्दै आएका छन् । आमिरको परिवारका अन्य सदस्य पनि अस्पताल आउँदै जाँदै गरिरहेका छन् ।आमिरकी आमाको स्वास्थ्यमा अहिले भने बिस्तारै सुधार भइरहेको स्रोतले बताएको छ । आमिर र उनका परिवारका सदस्यहरूले यो समाचार मिडियामा बढी नफैलियोस् भन्ने चाहेका थिए । आमिरले हालै फिल्म निर्माता करण जोहर