२६१०.५८ विन्दुमा नेप्से, हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

फागुन १६,काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक ४३ दशमलव १२ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ६१० दशलमव ५८ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर ५४ हजार १२१ पटकमा रू. ३ अर्ब ६६ करोड १ लाख ९ हजार ६७ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चर ०८२/ ८३ नामक डिबेञ्चरको मूल्य २ प्रतिशत वृद्धि भएर रू.१ हजार २० कायम भएको छ ।  त्यसैगरी दोस्रोमा सनराइज ब्लूचिप फण्डको इकाई मूल्य १ दशमलव ६५ प्रतिशत बढेर रू. ८ दशमलव ६० कायम भएको छ । त्यसैगरी सोमवार तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । यी दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनमा १० प्रतिशत घटेसँगै नेकारात्मक सर्किट लागेको हो । यो दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०९ दशमलव २० र सामलिङ पावर कम्पनीको रू. ७११ मा झरेको छ ।  त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १६ करोड ९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४९८ दशमलव ९० कायम भएको छ । यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । उक्त कम्पनीको रू.१४ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका १३ ओटा समूहकै समग्र परिसूचक घटेसँगै नेप्से परिसूचक पनि घटेको छ । सोमवार सबैभन्दा बढी हाइड्रोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । उक्त समूहको परिसूचक ३ दशमलव शून्य ९ प्रतिशत घटेसँगै लगानीकर्ताले धेरै गुमाएका छन् । आइतवार भने एमसीसी सम्झौता पारित हुने खबरले हाइड्रोपावर समूहको परिसूचक बढेको थियो ।   त्यसैगरी समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसुचक शून्य दशलमव ९१ प्रतिशत, व्यापार समूहको २ दशमलव ९५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८४ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ६३ प्रतिशतले घटेको छ । त्यस्तै वित्त समूहको २ दशमलव शून्य ६ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव २५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको २ प्रतिशत,अन्य समूहको १ दशलमव ५३ प्रतिशत,लघुवित्त समूहको १ दशमलव २३ प्रतिशत,जीवन बीमा समूहको २ दशमलव शून्य ९ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव १३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव १७ प्रतिशतका दरले घटेको छ ।  त्यसो त अहिले धमाधम बोनस शेयर सूचीकृत भइरहेको छ । यसले गर्दा बजारमा थप शेयर वितरण हुने देखिन्छ । अझै वित्तीय प्रणालीमा सहजरुपमा तरलता उपलब्ध हुन सकिरहेको छैन । र यहि बीचमा बैंकहरुले पनि ब्याजदर वृद्धि गरेका छन् । यी कारणले गर्दा पनि शेयर बजार प्रभावित भएको जस्तो देखिएको छ ।

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

धितोपत्र बजारमा छैन उत्साह, गत साता पनि लगानीकर्ताले ६० अर्बभन्दा बढी गुमाए

काठमाडौं । धितोपत्र दोस्रो बजार १ हजार ८६६ दशमलव ७९ विन्दुमा झरेको छ । पछिल्लो समय धितोपत्र बजारका लगानीकर्तामा उत्साह देखिएको छैन । जसको कारण बजार प्रभावित बन्दै आएको छ । गत साताको अन्तिम कारोबार दिन अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव ७६ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ९०८ दशमलव ५५ विन्दुमा रहेको थियो । गत साता पाँच कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र बढेको छ । पहिलो कारोबार दिन २० अंकले घटेको नेप्से परिसूचक दोस्रो दिन १६ दशमलव ६७ अंक र तेस्रो दिन ५ दशमलव २० अंकले घटेको थियो । चौथो दिन ८ दशमलव ३९ अंकले बढेको बजार अन्तिम कारोबार दिन ८ दशमलव २८ अंकले घटेर बन्द भएको हो । चैत मसान्त नजिकिदैं जाँदा लगानीकर्ताहरूले कर्जाको ब्याज भुक्तानीका लागि पनि रकम जोहो गरेको ब्रोकरहरू बताउँछन् । गत साता नेप्से परिसूचकसँगै ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ४५ अंक घटेर ३५३ दशमलव शून्य ३ विन्दुमा झरेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारको कारोबारको अवस्थालाई हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । धितोपत्र बजारको विकासका लागि सरोकारवाला निकायबाट आवश्यक पहल भइरहँदा आम लगानीकर्ताको मनोबल बढ्ने खालको गतिविधि भने नभएको देखिन्छ । गत साता पाँच कारोबार दिनमा रू. ४ अर्ब ७८ करोड १७ लाखभन्दा बढीको १ करोड ५० लाख ६२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता भने रू. ५ अर्ब ८३ करोड १६ लाखभन्दा बढीको १ करोड ७४ लाख ३० हजार कित्ता धितोपत्र कारोबार भएको थियो । कारोबार रकम रू. १ अर्ब ४ करोडभन्दा बढीले घटेको गत साता कारोबार कित्ता भने २३ लाख ६८ हजार ७१ कित्ता कम भएको हो । औषतमा गत साता रू. ९५ करोड ६३ लाखभन्दा बढीको धितोपत्र कारोबार भएको छ । गत साता धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरण रू. ६० अर्ब ४९ करोड ७९ लाखले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ६४ अर्ब ६६ करोड रहेको कुल बजार पूँजीकरण रू. २७ खर्ब ४ अर्ब १६ करोडमा झरेको हो । गत साता निर्जीवन बीमा समूहले सर्वाधिक गुमाए  गत साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यो समूहको परिसूचक सर्वाधिक ३ दशमलव ५६ प्रतिशत घटेको हो । मर्जर प्रक्रियाका कारण निर्जीवन बीमा समूह अन्तर्गतका कतिपय कम्पनीको एकीकृत शेयर कारोबारपछि मूल्यमा कमि आउँदा परिसूचकमा असर परेको देखिन्छ ।  योसँगै जलविद्युत् समूहको ३ दशमलव ४५ प्रतिशत, वित्तको ३ दशमलव शून्य ८ प्रतिशत, विकास बैंकको २ दशमलव ८६ प्रतिशत, लगानीको २ दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३९ प्रतिशत, अन्यको २ दशमलव १३ प्रतिशत, जीवन बीमाको १ दशमलव ६१ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङको १ दशमलव ६० प्रतिशत, लघुवित्तको १ दशमलव ५० प्रतिशत, व्यापारिकको १ दशमलव ४७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव १९ प्रतिशत र होटल तथा पर्यटनको शून्य दशमलव ३२ प्रतिशत परिसूचक घटेको छ ।

४६ अंकले घटेको बजारमा यी ४ ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाए

चैत २२, काठमाडौं ।  साताको तेस्रो कारोबार दिन मंगलवार पनि नेप्से परिसूचक ४६ दशलमव ४६ अंक घटेर २ हजार ४५२ दशलमव शून्य ६ विन्दुमा झरेको छ । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रका शेयरधनीले सर्वाधिक गुमाएका छन् । इमर्जिङ्ग नेपाल लिमिटेड, नारायाणी डेभलपमेन्ट बैंक,युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर र जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले धेरै गुमाएका हुन । ती चार ओटा कम्पनीमध्ये पनि सबैभन्दा बढी शेयरमूल्य इमर्जिङ्ग नेपालको शेयरमूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३२३ मा झरेको हो ।  कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । कम्पनीले केही समय अगाडि ममात्र आईपीओ निष्कासन गरेको थियो । दोस्रो बजारमा कारोबारमा आएको दुई दिनदेखि नै सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४४० पुगेसँगै विक्रेता हावी भएका छन् । त्यसैगरी दोस्रोमा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ दशलमव ३७ प्रतिशत,युनाइटेड इदी मर्दीको ६ दशमलव शून्य १ प्रतिशत र जनरल इन्स्योरेन्स कम्पनीको ५ दशलमव ६९ प्रतिशतका दरले घटेको छ । बजार घटेसँगै ती कम्पनीहरुका शेयरमा खरीदकर्ताभन्दा विक्रेता हावी भएकाले शेयरमूल्य घटेको हो । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ४२५ दशलमव १०,युनाइटेड इदी मर्दीको रू। ९७७ दशलमव ५० र जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५८० दशलमव २० कायम भएको छ ।

१००.६७ अंकले घटेको बजारमा यी पाँच ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाए !

फागुन १, काठमाडौं । आइतवार शेयर बजार १०० दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो ।  यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा उच्च गिरावट आएको छ । अपर तामाकोशी हाइड्रोपावर, नारायणी डेभलपमेण्ट बैंक, शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका हुन् । यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव ३७ प्रतिशत घटेको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ कायम भएको छ । त्यसैगरी दोस्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव २६ प्रतिशत, शिवश्री हाइड्रोपावरको ७ दशमलव ७५ प्रतिशत, विन नेपाल लघुवित्त वित्तीय संस्थाको ७ दशमलव ५९ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको ७ दशमलव ५२ पतिशत  घटेको छ । बैंक तथा वित्तीय संस्थाले फागुन महीनाका लागि ब्याजदर बढाएसँगै यसको नकारात्मक प्रभाव शेयर बजारमा बढेको हो ।  सोही कारण यी कम्पनीका शेयरका क्रेताभन्दा विक्रेता हावी भएकाले शेयरमूल्य घटेको हो । नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य रू. ५००, शिवश्री हाइड्रोपावरको शेयरमूल्य रू. ३४५, विन नेपाल लघुवित्तको रू. १ हजार ५७० र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य रू. ६१५ कायम भएको छ ।

यो साता १५१.३६ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताले २ खर्बभन्दा बढी गुमाए

माघ १५, काठमाडौं। यो साता धितोपत्र दोस्रो बजारका सबै सूचकहरु नकारात्मक देखिएका छन् । गत साताको तुलनामा यो साता नेप्से परिसूचकसँगै समग्र समूहगत परिसूचकमा पनि कमि आएको हो । गत साताको भन्दा यो साता नेप्से परिसूचक १५१ दशमलव ३६ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ९३१ दशमलव ३४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ७७९ दशमलव ९८ विन्दुमा झरेको हो । यो साता पाँच कारोबार दिनमा अन्तिम दिन मात्र बजार ३ दशमलव ३३ अंकले बढेको छ । पहिलो दिनदेखि चौथो दिनसम्म बजार निरन्तर घटेको थियो । पहिलो दिन १० दशमलव ८३ अंक, दोस्रो दिन ९९ दशमलव ८६ अंक, तेस्रो दिन ५ दशमलव ५९ अंक र चौथो दिन ३८ दशमलव ४२ अंक बजार घटेको हो । पछिल्लो समय करीब दुई महीनामा बजार ६७१ अंकभन्दा माथि पुगेको थियो । यो बीचमा नाफा कमाएकाहरुले नाफा बुक गर्दा पछिल्लो समय बजार प्रभावित बनिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजीको अभावका कारण पनि पूँजीबजारमा लगानी घटेको हो । यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २५ दशमलव शून्य २ अंकले घटेको छ । गत साता ५४३ दशमलव ७४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१८ दशमलव ७२ विन्दुमा झरेको हो । गत साता रू. ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार बराबरको ७ करोड ६५ लाख ६० हजार ६२७ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार बराबरको ५ करोड ७५ लाख ८६ हजार ६९२ कित्ता मात्र शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता रू. ८ अर्ब ८४ करोड ४७ लाख ९७ हजार बराबरको १ करोड ८९ लाख ७३ हजार ९३५ कित्ता कम शेयर कारोबार भएको हो । चार कारोबार दिन घटेको बजारबाट यो साता लगानीकर्ताहरुले रू. २ खर्ब १३ अर्ब ८९ करोड ६६ लाख बराबरको सम्पत्ति गुमाएका छन् । गत साता रू. ४१ खर्ब ४२ अर्ब ५३ करोड रहेको कुल बजार पूँजीकरण यो साता रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाखमा झरेको हो । यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए यो साता कारोबारमा आएका सबै समूहगत परिसूचकहरु गत साताको तुलनामा घटेका छन् । १३ समूहमध्य यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन । यो साता वित्त समूहको ८ दशमलव ८५ प्रतिशत, विकास बैंकको ८ दशमलव ११ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै जलविद्युत समूहको ७ दशमलव ३० प्रतिशत , लगानी समूहको ६ दशमलव ४७ प्रतिशत, व्यापारिक समूहको ६ दशमलव ३१ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ५ दशमलव ७२ प्रतिशत , बैंकिङ्ग समूहको ५ दशमलव ३२ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ ।  यस्तै निर्जीवन बीमाको ३ दशमलव ७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ५५ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ४३ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव २८ प्रतिशत र अन्य समूहको २ दशमलव ५० प्रतिशत परिसूचक घटेको छ ।