मंगलवार लिवर्टी इनर्जीका शेयरधनीले सर्वाधिक गुमाए, प्रतिकित्ता शेयरमूल्य ६.२७% घट्यो

माघ २५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १६ दशमलव ३० अंक घटेको छ । नेप्से परिसूचक २ हजार ८३५ दशमलव ५८ विन्दुमा झरेको हो ।  यस अवधिमा कारोबारमा आएका २३० धितोपत्रमध्ये सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ६ दशमलव २७ प्रतिशत घटेसँगै सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६९ मा झरेको छ । मंगलवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनी नोक्सानीमा रहेकाले क्रेताभन्दा विक्रेता हावी भएकाले शेयरमूल्य घटेको हो ।  चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड ३९ लाख नोक्सानीमा रहेको छ । साथै नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ५ दशमलव १८ प्रतिशत घटेर प्रतिकित्ता रू. ५६८ मा झरेको छ । 

सम्बन्धित सामग्री

नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो, साढे ३ अर्बको किनबेच

माघ २६, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २२ दशमलव शून्य ६ अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ८१३ दशमलव ५२ विन्दुमा झरेको हो । यो दिन कारोबरामा आएका २२३ ओटा कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर ४५ हजार ११२ पटकमा रू. ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ३ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४०१ पुगेको हो । त्यसैगरी यो दिन दोस्रोमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २ दशमलव ८० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता रू. १ हजार ४७० पुगेको छ ।  त्यसैगरी बुधवार सर्वाधिक शेयरमूल्य घट्नेमा बुद्धभुमि नेपाल हाइड्रोपावर रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ६४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८६ मा झरेको छ । त्यसैगरी दोस्रोमा नेपाल एसबिआई बैंकको १० ∞ नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य ३ दशमलव ७५ प्रतिशत घटेर प्रतिकित्ता रू. ९६२ दशलमव ५० कायम भएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको भएको छ । कम्पनीको रू. १८ करोड ६१ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७३ कायम भएको हो ।  त्यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी रहेको  छ । उक्त कम्पनीको रू. १४ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव ५ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसुचक शून्य दशलमव ६९ प्रतिशत,व्यापार समूहको १ दशमलव ३१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव शून्य ८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ९३ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ९५ प्रतिशत,वित्त समूहको १ दशमलव शून्य २ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २१ प्रतिशत,अन्य समूहको शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।  यस्तै यो दिन लघुवित्त समूहको शून्य दशमलव ९२ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ९७ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ७४ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ९९ प्रतिशतका दरले घटेको छे । बुधवार नेप्से परिसूचक सँगै कारोबार रकमम पनि घटेको छ । मंगलवार रू. ६ अर्बभन्दा बढीको शेयर खरीदविक्री  भएकोमा बुधवार भने रू. ३ अर्ब ४७ करोडमा झरेको हो । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबार रकम घटेको देखिएको छ ।