साताको शेयर बजार : कुल बजार पूँजीकरण १ खर्बभन्दा बढीले घट्यो, वित्त समूहले सर्वाधिक गुमाए

वैशाख १०, काठमाडौं । वैशाख महीनाको पहिलो साताको कारोबारमा धितोपत्र दोस्रो बजारको पूँजीकरण रू. १ खर्ब १८ अर्ब १८ करोड १९ लाखले घटेको छ ।  गत साताको अन्तिम कारोबार दिन रू. ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन रू. ३३ खर्ब ७ अर्ब ९२ करोड ६५ लाख कायम भएको हो । यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक गत साताभन्दा ८९ दशमलव ७९ अंक तल झरेको छ । नेप्से परिसूचक घटेसँगै कम्पनीहरुको धितोपत्र मूल्यमा कमि आउँदा कुल बजार पूँजीकरण घट्न पुगेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ४१५ दशमलव २४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ३२५ दशमलव ४५ विन्दुमा झरेको हो । गत साता दुई दिन सार्वजनिक विदा परेकाले तीन दिन मात्र बजार सञ्चालन भएको थियो । यो साता भने पाँच दिननै बजार खुला भएको थियो ।  यो साता पाँच कारोबार दिनमा दुई दिन नेप्से परिसूचक बढेको छ भने तीन दिन घटेको छ । साताको पहिलो कारोबार दिन २९ दशमलव ६० अंकले र दोस्रो दिन ४१ दशमलव ७७ अंकले घटेको नेप्से तेस्रो दिन १३ दशमलव ३७ अंकले बढेको थियो । चौथो दिन ३६ दशमलव ७३ अंकले पुनः घटेको नेप्से अन्तिम कारोबार दिन ४ दशमलव ९४ अंकले घटेर बन्द भएको हो । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ९५ अंक तल झरेको छ । गत साता ४५६ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ४४३ दशमलव १४ विन्दुमा झरेको  हो । वित्तीय प्रणालीमा तरलता अभावको असर केहि समयदेखि धितोपत्र दोस्रो बजारमा परिरहेको छ । लगानीकर्ताहरु तरलता सहज होला भन्ने पखाईमै रहेको देखिन्छ । साथै दोस्रो बजार लगानीकर्ताको मनोबलको आधारमा सञ्चालन हुने प्रबृति देखिदै आएकाले पछिल्लो समय लगानीकर्ताको मनोबल बढ्ने खालका नीति तथा कार्यक्रम नआएकाले पनि प्रभावित बन्दै गएको अनुमान जानकारहरुको छ । यद्यपी बजार यतिबेला निकै न्यून विन्दुमा आएको र सूचीकृत कम्पनीहरुको धितोपत्रको मूल्य पनि निकै सस्तिएकाले आगामी दिनमा सस्तो मूल्यमा शेयर किन्न लगानीकर्ताहरु सक्रिय हुने सम्भावनालाई पनि जानकारहरुले औल्याएका छन् । यो साता गत साताको भन्दा कारोबार दिन बढी भएकाले पनि कारोबार रकम र कित्ता बढेको छ । गत साता तीन कारोबार दिनमा रू. ५ अर्ब २६ करोड १४ लाखभन्दा बढीको १ करोड २२ लाख ७७ हजार ५०१ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता रू. ७ अर्ब ३८ करोड ६१ लाख ८८ हजार बराबरको १ करोड ८० लाख ५७ हजार ८३४ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।  यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरु घटेका छन् । गत साताको तुलनामा यो साता वित्त समूहको उपसूचक सर्वाधिक ९ दशमलव ५३ प्रतिशत घटेको हो ।  गत साता १ हजार ८४७ दशमलव १५ विन्दुमा रहेको वित्त समूहको उपसूचक यो साता १ हजार ६७१ दशमलव शून्य ४ विन्दुमा झरेको हो । त्यस्तै यो साता जलविद्युत् समूहको उपसूचक ६ दशमलव ३५ प्रतिशत, निर्जीवन बीमाको ५ दशमलव ८६ प्रतिशत, अन्य समूहको ४ दशमलव ६१ प्रतिशत, लगानी समूहको ४ दशमलव ३८ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव १५ प्रतिशत, जीवन बीमा समूहको ४ दशमलव १० प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ९७ प्रतिशतले घटेको छ ।  त्यस्तै होटल्स तथा पर्यटन समूहको ३ दशमलव ८२ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ३७ प्रतिशत, व्यापारिक समूहको २ दशमलव ३२ प्रतिशत, बैंकिङ समूहको २ दशमलव २१ प्रतिशत र म्युचअल फण्ड समूहको सबैभन्दा कम १ दशमलव ३२ प्रतिशत उपसूचक घटेको छ ।  

सम्बन्धित सामग्री

साताको शेयर बजार : ७३ अंकले घट्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७३ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्मको कारोबारमा नेप्से सूचकमा ७३ अंकको गिरावट आएको हो । साताको पहिलो दिन आइतबार २४ सय ४९ अंकबाट सुरु भएको कारोबार बिहीबारसम्ममा घटेर २३ सय ७६ अंकमा थामियो । सातामा कारोबार भएका पाँच दिनमध्ये चार दिन नेप्से सूचक नकारात्मक रहयो । […]

साताको शेयर बजार : रू. १६ अर्बको कारोबार

कात्तिक २७, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।             साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो ।             बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट ४ करोड रुपैयाँ र बढीमा १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ ।             नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल २३० ओटा कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९ दशमलव ३५ अंकले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कुल २ करोड ८६ लाख ४०९ कित्ता शेयर  १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० मूल्यमा खरीदविक्री भए ।             दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अंकले ओरालो लाग्यो । सोमवार नेप्से १९ दशमलव २० अंकले घटेर २ हजार ८२९ दशमलव ६४ मा आर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २ दशमलव ७१ ले ओरालो लागेर ५२८ दशमलव ३७ मा झरेको थियो । त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन । कुल २३० ओटा कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ मूल्यमा खरीदविक्री भए । सोमवारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब ७ करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको थियो ।             नेप्सेका अनुसार कारोबार भएका कुल १३ ओटा उपसमूहमध्ये सोमवार तीन ओटा उपसमूहको शेयर उकालो लाग्यो भने १०ओटा उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँ बराबरको कारोबार भयो ।             मंगलवार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य २ अंकले घटेर ५१२ दशमलव शून्य २ मा ओर्लियो । त्यस दिन नेप्से परिसूचक उच्च अंकले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो ।             कुल २२५ ओटा कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरीदविक्री भए । कारोबार भएका १३ ओटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँमा कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो ।             साताको अन्तिम दिन बिहीवार पनि नेप्से उच्च अंकले घट्यो । त्यस दिन नेप्से ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६९० दशमलव २९ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १० दशमलव ६३ अंकले घटेर ५०२ दशमलव १९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो । कुल २२५ ओटा कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० मूल्यमा खरीदविक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ ओटै उपसमूहको शेयर ओरालो लाग्यो ।             बिहीवार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रासस

साताको शेयर बजार : ३८ अर्बको कारोबार

काठमाडौँ– धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो । यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन […]

शब्द चित्र : साताको शेयर बजार

असोज २, काठमाडौं ।धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा २ हजार ८०० को विन्दुमा झरेको छ । झन्डै ३ हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लाग्दै गएको छ।      यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लागेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल २३१ ओटा कम्पनीको ७ करोड ४ लाख ४७ हजार ७१७ कित्ता शेयर ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७१५ मूल्यमा खरीदविक्री भएको छ। रासस

शब्द चित्रमा साताको शेयर बजार

भदौ २६, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अंकले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अंकको वृद्धि देखायो ।  नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो ।   नेप्सेमा उतारचढाव देखिंदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । सातामा कुल ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । गत साताभन्दा यो साता कारोबार रकम रू. ५ अर्ब ५० करोड ८८ लाख ९१ हजारले कम भएको हो । रासस

साताको शेयर बजार : ९५ अर्बको कारोबार

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो। उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो। अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो। कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि विद्युत् नियमन आयोगसमेत बोल्नुपर्ने अवस्थामा पुग्यो। प्रतिफलसमेत असाध्यै कम दिन सक्ने भनेर प्रक्षेपण गरिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो। सङ्घीय संसद्को अर्

साताको शेयर बजार : ७९ अर्बको कारोबार

काठमाडौँ– धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड ९८ लाख […]

तस्वीर :  संक्षेपमा साताको शेयर बजार

साउन  महीना लागेपछि लगातार उकालो लागेको नेप्सेले सातामा ३ हजार १०० विन्दुमा यात्रा गरिरहेको छ ।      नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार साताभर औसतमा २२६ ओटा कम्पनीको कुल १० करोड ४० लाख २४ हजार ९११ कित्ता शेयर कारोबार भएको छ । यसैगरी सातामा कुल ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९६६ मूल्य बराबरको शेयर खरीदविक्री भएको छ ।  तस्वीर स्केच : रासस

साताको शेयर बजार : ८३ अर्बको कारोबार

काठमाडौं। धितोपत्र बजारमा यस साता रु ८३ अर्ब बढीको कारोबार भएको छ। लगातार उकालो लागेर नयाँ–नयाँ कीर्तिमान कायम गरेको नेप्सेले झण्डै तीन हजार बिन्दुको यात्रासमेत तय गरेको थियो। निषेधाज्ञाका कारण आम मानिस घरभित्रै बसेको तथा कारोबारसमेत प्रविधिमैत्री भएका कारण पनि कारोबार रकमका साथसाथै नेप्सेमा समेत उच्च अङ्कको वृद्धि भएको हो।