कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताउनुभएको छ ।
संविधान दिवस २०७९ का अवसरमा साेमवार गण्डकी प्रदेश सरकार मूल समारोह समितिद्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख गुरुङले यस्तो बताउनुभएको हो । उहाँले तीन वटै तहको सरकारले जनताको समृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो । बलिदानीपूर्ण सङ्घर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु अहिलेको आवश्यकता भएको उहाँकाे ...