प्रकृति र प्राणीबीच अन्योन्याश्रित सम्बन्ध छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी १८ कात्तिक: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् । तिहार पर्वको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग जोडिएका पशुपन्छी र वनस्पतिको सम्मानस्वरूप पूजा गर्ने प्रचलन रहेको […]