कम्युनिस्ट 'किल्ला' लुम्बिनीमा तात्यो राजनीति: नेकपा फूटपछि प्रदर्शन र भेलाको 'बाढी' !

लुम्बिनी प्रदेश कम्युनिस्टहरूको ‘गढ’ मानिन्छ । साविक तीन अञ्चल मिलेर बनेको लुम्बिनी प्रदेशमा राप्ती र भेरीमा पूर्व माओवादी र लुम्बिनी अञ्चललाई पूर्व एमालेले आफ्नो ‘आधार इलाका’ को रूपमा लिने गर्छन् ।  पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छ । नेकपाको दुवै समूहको ध्यान अहिले कार्यकर्ता तान्न लुम्बिनी प्रदेशमा केन्द्रित छ । नेकपाको (ओली समूह) र (प्रचण्ड–नेपाल) दुवै समूहमा लाग्ने दोस्रो तहका प्रभावशाली नेताहरूको ...

सम्बन्धित सामग्री

मेलम्चीको पानीमाथि राजनीति नगर्नुस् (तस्बिरसहित)

मेलम्ची पानीमाथिको चलखेल बन्द गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शन गरिएको छ।

काठमाडौंको सुकुमबासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेको छ। मंगलबार समितिले सुकुमबासीको नाममा भइरहेको राजनीति र दादागिरी अन्त्य गर्न माग गर्दै महानगरको...

त्रिविले १५ महिनासम्म नतिजा नदिएको भन्दै धादिङमा विद्यार्थीको प्रदर्शन

२१ कात्तिक, काठमाडौं । धादिङ सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले आइतबार ‘शिक्षामा राजनीति गर्न पाइदैन यस्तो विश्वविद्यालय चाहिँदैन, संख्यामा विश्वकै पहिलो गुणस्तरमा विश्वकै अन्तिम, खै रिजल्ट मुसाले खायो खै मुसा टियूभित्र पस्यो’ लगायतका प्लेकार्ड बोकेर […]

‘राधा’ को शो आजैदेखि रोकिने, फिल्ममाथि राजनीति भएको निर्माण युनिटको आरोप

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘द सिक्रेट्स अफ राधा’ को प्रदर्शन मंगलबारदेखि रोकिने भएको छ । निर्माण युनिटले फिल्मको शोमाथि राजनीति भएको भन्दै फिल्म शो रोक्न लागेको हो । फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।फिल्मकी निर्माता देवकी विष्टले फिल्मको शो माथि राजनीति भएको र फिल्मको विषयमा नकारात्मक र भ्रामक समाचार फैलाएको कारण फिल्मको प्रदर्शन रोक्न लागेको बताइन् ।‘जसले ‘राधा’ फिल्म हेरेको छैन, कथा के हो त्यो थाहा छैन । उनीहरु

इराकमा प्रदर्शन हिंसात्मक : कम्तीमा १५ जनाको ज्यान गयो, राष्ट्रपति भवन कब्जा

इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो । बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ । शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गर्नु भएकाे छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इर...

इराकमा हिंसात्मक प्रदर्शन : २० जनाको मृत्यु, राष्ट्रपति भवन कब्जा

१४ भदौ, काठमाडौं । इराकका धर्मगुरु मुक्तदा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन बढेको छ । हालसम्म २० जनाको मृत्यु  भएको र प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टका अनुसार शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । […]

‘फाेहाेरमा राजनीति नगराैँ’ भन्दै स्वतन्त्र तथा नागरिक समाजकाे धर्ना (तस्बिरसहित)

काठमाडाैँ- काठमाडाैँस्थित भाटभटेनी ढुंगेधारा पिपलबाेटमा स्वतन्त्र तथा नागरिक समाजका अगुवा तथा युवाहरूले  प्रदर्शनसहित धर्ना दिएका छन्। ‘फाेहाेरमा राजनीति नगराैँ’ भन्ने मूल नाराका साथ उनीहरूले प्रदर्शनसहित धर्ना दिएका हुन्। काठमाडाैँ महानगरपालिकाले गर्ने फोहर व्यवस्थापनमा वर्तमान सरकार र विभिन्न राजनैतिक दलहरू तथा दलका भातृ संगठनहरूले अवरोध पुर्‍याएको भन्दै प्रदर्शन गरिएकाे हाे। ‘पहिले फाेहाेर व्यवस्थापन गर,अनि भाेट माग्न […]

एमसिसीको विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन

हेटौंडा : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन भएको छ।राष्ट्रवादी तथा वीर गोर्खाली नामक युवाहरूको समूहले सदनबाट एमसिसी पास गर्न नहुने भन्दै हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।सरकारले एमसिसी पास गर्न कसरत बढाएसँगै देशैभरको राजनीति तरंगित भइरहेको छ। हेटौंडामा पनि यसको विरोधमा दैनिकजसो प्रदर्शन हुन थालेको छ।बुधबार हेटौंडामा विपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन र युवा संघले विरोध प्रदर्शन गरेकोमा बिहीबार सत्ता गठबन्धन माओवादी र नेकपा

एमसिसीविरुद्ध सत्ता गठबन्धनसम्बद्ध युवाको प्रदर्शन

हेटौंडा : एमसिसीविरुद्ध सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रसम्बद्ध वाइसिएल र नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपाल मकवानपुरले हेटौंडामा प्रदर्शन गरेको छ।एमसिसिबारे सत्ता गठबन्धनसहित राष्ट्रिय राजनीति तरङ्गित भइरहँदा गठबन्धनसम्बद्ध वाइसिएल र युवा संघले विरोध प्रदर्शन गरेका हुन्।‘देश बेच्न पाइँदैन, एमसिसी चाहिँदैन', 'सम्पूर्ण नेपाली एक हौं', 'राष्ट्रघाती एमसिसीको विरोध गरौं’ लगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन्।उनीहरूले हेटौंडाको

महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

१४ भदौ, काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ […]