एमसिसीविरुद्ध सत्ता गठबन्धनसम्बद्ध युवाको प्रदर्शन

हेटौंडा : एमसिसीविरुद्ध सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रसम्बद्ध वाइसिएल र नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपाल मकवानपुरले हेटौंडामा प्रदर्शन गरेको छ।एमसिसिबारे सत्ता गठबन्धनसहित राष्ट्रिय राजनीति तरङ्गित भइरहँदा गठबन्धनसम्बद्ध वाइसिएल र युवा संघले विरोध प्रदर्शन गरेका हुन्।‘देश बेच्न पाइँदैन, एमसिसी चाहिँदैन', 'सम्पूर्ण नेपाली एक हौं', 'राष्ट्रघाती एमसिसीको विरोध गरौं’ लगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन्।उनीहरूले हेटौंडाको

सम्बन्धित सामग्री

सत्ता कब्जाको भुङ्ग्रोमा सुडान

अफ्रिका महादेशको ठूलो मुलुक सुडानमा सेनाले सत्ता हातमा लिएसँगै जनताका अधिकार खोसिएका छन् । सेनाको सत्ता सञ्चालन जनतालाई मन परेको छैन र उनीहरूले सैनिक शासनको विरोध गरेका छन् । सङ्क्रमणकालीन सरकारमा विवाद भएपछि सोही कारण देखाई सेनाले सत्ता हातमा लिएर सङ्कटकाल लागू गरेको छ । अक्टोबर २५ मा एकाएक प्रधानमन्त्री अब्दल्लाह हमदकसहितका नेताहरूलाई पक्राउ गरी सेनाले सत्ता हातमा लियो । सैनिक ‘कु’ गरेको भोलिपल्टदेखि राजधानी खार्तुमलगायत अन्य सहरमा विशाल विरोध प्रदर्शन भए । सैनिक शासनको विरोध गर्ने प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा सात जनाको मृत्यु भयो भने एक सय ४० जनाभन्दा बढी घाइते भए । सैनिक विद्रोहको नेतृत्व गरेका जनरल अब्देल फताह अल बुर्हानले लामो समय सत्तामा रहेका ओमर अल बसिर सत्ताच्युत भएपछि गठन भएको सैन्य–नागरिक परिषद् विघटन गर्नुभएको छ । उहाँले देशभर सङ्कटकाल घोषणा गर्नुभएको छ । सुरक्षा बलले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने भन्दै बुर्हानले सङ्कटकाल घोषणा गर्नुपरेको जिकीर गर्नुभएको छ । उहाँले २०२३ जुलाईमा निर्वाचन गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने वाचा पनि व्यक्त गर्नुभएको छ । मुलुकको पछिल्लो अवस्थाबाट जोखिम र खतरा सिर्जना भएको बुर्हानको दाबी छ । हाल मुलुकमा जारी अवस्थाबाट युवाको सपना र राष्ट्रको आकाङ्क्षामाथि जोखिम एवं खतरा उत्पन्न भएको छ भन्दै मुलुकको सुरक्षाका लागि सेना अगाडि सर्न बाध्य भएको उहाँले दाबी गर्नुभएको छ ।