एमालेका जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा प्रवेश

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।

सम्बन्धित सामग्री

एमाले प्रदेश कमिटी सदस्यसहित ४१ जना माओवादीमा प्रवेश

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामासहित ४१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेश कमिटी सदस्य लामा, रामेछाप  जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादीमा आइतबार प्रवेश गरेका हुन् ।उनीहरूलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका हुन् ।

प्रभु साहलाई एमालेले गर्‍यो पार्टीबाट निष्काशन, रौतहट जिल्ला कमिटी विघटन

काठमाडौं : नेकपा एमालेले पार्टी त्यागेका स्थायी कमिटी सदस्य प्रभु साहलाई साधरण सदस्यबाट हटाएको छ। प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारकी लागि एमालेको तर्फबाट उम्मेदवारी दर्ता नगरी साहले स्वतन्त्रबाट मनोनयन गरेका छन्। रौतहट ३ बाट उम्मेदवार बनेका साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ। उनी माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा छन्।  मधेस प्रदेशको सह-इञ्जार्जबाट…

जसपाका चार केन्द्रीय सदस्यसहित नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

आइतबार हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता म

१२ बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी १२ जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरे । “नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित एमाले, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी एक दर्जन बढी नेता–कार्यकर्ता हाम्रो पार्टी प्रवेश...

नुवाकोटमा एमाले नेता माओवादी प्रवेश

नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले आफू एमाले प्रवेश गरेर माओवादी केन्द्रमा समाहित भएको गजमेरले जानकारी दिए । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रजमान तामाङ र किरण रिजालको रोहबरमा पार्टी प्रवेश गरेका उनले सम्पूर्ण उत्पीडन वर्गको रक्षा गर्ने एक मात्र पार्टी माओवादी भएको बताए ।

वाग्लाका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

शनिवार गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लामा नेकपा एमालेका कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस गाउँपालिका अध्यक्ष तथा सो माओवादी केन्द्रका युवा नेता भुपाल पोखरेलले ७२ जना अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए । त्यस मध्ये दुई चार जना मात्रै नेपाली काङ्ग्रेसबाट पार्टी प्रवेश गरेको अरू सबै नेकपा एमाले परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए । उनका अनुसार नेकपा एमाले निकट अनेम संघकी जिल्ला कमिटी सदस्य वासुका घिमिरे, ग

रुकुम पश्चिममा एमाले जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित

रुकुम पश्चिममा नेकपा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । समाहित कमिटीका अध्यक्ष विमल कुमार पुनले अपवादमा केही सदस्य छाडेर नेकपा एमालेको सिङ्गो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएको बताए ।उनका अनुसार एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नेकपा एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँचजना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसक