रुकुम पश्चिममा एमाले जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित

 रुकुम पश्चिममा नेकपा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । समाहित कमिटीका अध्यक्ष विमल कुमार पुनले अपवादमा केही सदस्य छाडेर नेकपा एमालेको सिङ्गो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएको बताए ।उनका अनुसार एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नेकपा एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँचजना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसक

सम्बन्धित सामग्री

नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी गठन, अध्यक्षमा पराजुली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको नेतृत्व रहने गरी ३३ सदस्यीय कमिटी बनाइएको हो ।  यसको औपचारिक घोषणा भने बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गर्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

खोटाङमा एकीकृत समाजवादी र मालेको जिल्ला कमिटीबीच एकीकरण

खोटाङ– नेकपा एकीकृत समाजवादी र नेकपा मालेको जिल्ला कमिटी खोटाङबीच एकीकरण भएको छ। खोटाङका पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँल, मालेका पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटी सचिवलगायतका चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि दुई पार्टीको जिल्ला कमिटीबीच एकीकरण भएको हो। एकीकृत समाजवादीका अध्यक्ष जलसेर राई र नेकपा मालेका संयोजक मीनप्रसाद आचार्यले […]

नेकपा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा थापा चयन

कञ्चनपुर : नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको अध्यक्षमा जीवनराज थापा चयन भएका छन्।पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापाको अध्यक्षतामा एक सय ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो। पुनर्वास नगरपालिकाका नगर प्रमुखसमेत रहेका थापा यसअघि एमालेका जिल्ला कमिटी उपाध्यक्ष थिए।एमाले छाडेर समाजवादी बनेका थापालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्गले बताए।उनका अनुसार उपाध्यक्षमा रवीन्द्र कुँवर, उपाध्यक्ष महिलामा पूर्णा गुरुङ्ग, सचिवमा

बागलुङमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन

बागलुङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा शनिबार सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन् । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका […]

बागलुङमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन् । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिए । जिल्ला भेला आयोजक कमिटीको संयोजक भएका थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै

एकीकृत समाजवादी धनुषाको अध्यक्षमा पण्डित

नेकपा (एकीकृत समाजवादी) पार्टी धनुषाको अगुवा कार्यकर्ता भेलाले रामचन्द्र पण्डितको अध्यक्षतामा २ सय १ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । आइतबार सो पार्टीको नयाँ जिल्ला कमिटी निर्माण गरिएको हो । भेलाबाट जिल्ला उपाध्यक्षमा शितल साहलाई चयन गरिएको छ । त्यस्तै सचिवमा सोमप्रसाद शर्मा र उप–सचिवमा राजकुमार यादवलाई चयन गरिएको एकीकृत समाजवादीका केन्द्रिय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।अध्यक्ष पदमा नियुक्त भएका पण्डित एमालेमा निर्वाचित उपाध्यक्ष थिए भने करिब दुई महिना पहिले उनलाई एकीकृत समाजवाद

नेकपा (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा

नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन भएका छन् । बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।युवा संघ गण्डकी प्रदेशको इन्चार्ज रहेका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य रहेका छन् । त्यसैगरी कमिटीको उपाध्यक्षमा हेमराज शर्मा, सचिवमा दुर्गा कार्की, सहसचिवमा जीवन सापकोटालाई […]

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी)  गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला कमिटी गठन गरिएको छ ।

सिन्धुपाल्चोकमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

सिन्धुपाल्चोक– नेकपा एकीकृत समाजवादी पार्टीले सिन्धुपाल्चोक जिल्ला कमिटी गठन गरेको छ । एकीकृत समाजवादीले सोम सापकोटा संयोजक तथा इन्द्रमाया गुरुङ सहसंयोजक रहने गरी १ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितिमा सिन्धुपाल्चोकमा एकिकृत समाजवादीले जिल्ला कमिटी घोषण गरेको हो । जिल्ला कमिटी सदस्यमा एमालेबाट वडा सदस्य जितेकाहरू […]

नेकपा एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा पाण्डे

२६ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादी पाल्पाको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) चयन भएका छन् । नेकपा एकीकृत समाजवादीले शनिबार गरेको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जिल्ला कमिटी उपाध्यक्षमा प्रदेश सभा सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे,उपसचिवमा कमल सेन चयन भएका छन् । जिल्ला कमिटीको पहिलो बैठकले […]