नुवाकोटमा एमाले नेता माओवादी प्रवेश

नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले आफू एमाले प्रवेश गरेर माओवादी केन्द्रमा समाहित भएको गजमेरले जानकारी दिए । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रजमान तामाङ र किरण रिजालको रोहबरमा पार्टी प्रवेश गरेका उनले सम्पूर्ण उत्पीडन वर्गको रक्षा गर्ने एक मात्र पार्टी माओवादी भएको बताए ।

सम्बन्धित सामग्री

इटहरीका पूर्वमेयर द्वारिकलाल चाैधरी माओवादी केन्द्रमा प्रवेश

काठमाण्डाै – एमाले नेता एवम् इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गर्नुभएको छ । एमालेबाट टिकट नपाउने सम्भावना देखेपछि चाैधरी माओवादी प्रवेश गर्नुभएको शंका छ । माओवादीले चौधरीलाई प्रदेश सभा सदस्यको टिकट दिने तयारी गरेको छ । चौधरी माओवादीमा प्रवेश गर्नुले निकै ठूलो अर्थ राख्ने दाबी गर्दै प्रचण्डले इटहरीको बहुचर्चित मेयरको...

चुनावको मुखमा दल बदल्ने होड

चुनावको मुखमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गर्ने लहर चलेको छ । कतै उम्मेदवार बन्ने कोसिसमा त कतै उम्मेदवार बन्न सिफारिसमा नपरेका करण नेताहरुले दल बदल्ने गरेका छन् ।पाल्पाको तानसेन नगरपालिकामा दुई कार्यकाल मेयर बनेका एमाले नेता अशोककुमार शाही केही दिनअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । एमालेबाट यो पटक स्थानीय तहको निर्वाचनमा पुनः मेयर दाबी गरेका शाहीले टिकट पाएनन् । यही असन्तुष्टिले उनले एमाले छाडेका छन् ।स्थानीय तहको चुनावको बेलामा माओवादी प्रवेश गरेका रुपन्दे

एमाले नेता बलभद्र सरदार थारू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का नेता बलभद्र सरदार थारू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। थारू एमाले मोरङमा सक्रिय नेता हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन् । थारुसँगै अरु नेता तथा कार्यकर्तापनि आज माओवादी प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ । चुनाव […]

नुवाकोटका एमाले नेता पाण्डे माओवादी प्रवेश

काठमाडौँ – नुवाकोटका एमाले माधव पाण्डे माओवादी केन्द्र प्रवेश गरेका छन्। शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेर पाण्डे माओवादी प्रवेश गरेका हुन्। अरु पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली नुवाकोट पुगेका बेला पाण्डेले भने ४३ वर्षदेखि सम्बन्ध तोड्दै माओवादी प्रवेश गरेका हुन्। पाण्डे बेलकोटगढी नगरपालिकाका मेयरका आकांक्षीसमेत थिए। केही समयदेखि उनी […]

राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष माओवादी प्रवेश

राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष बद्री तिमल्सीना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आज चितवनको माडीमा आयोजित एक कार्यक्रम मार्फत दर्जनौ कार्यकर्तासहित उनी माओवादीमा प्रवेश गरेका हुन् । तिमल्सिना सँगै राप्रपा(प्रजातान्त्रिक) का ३१ जना जिल्लास्तरीका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अबिर र माला लगाएर स्वागत गरे। कार्यक्रममा एमाले नेता…