सिन्धुलीको गोलन्जोर गाउँपालिकाको नाम जुनार गाउँपालिका राखिने

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको नाम जुनार गाउँपालिका राखिने भएको छ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरप्रसाद बरालले गाउँसभामा प्रस्तुत गर्नु भएको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा गाउँपालिकाको नाम परिवर्तन गरी जुनार गाउँपालिका राख्ने प्रस्ताव गर्नुभएको हो । जुनारको राजधानी भनेर पहिचान भएको गोलन्जोर गाउँपालिकाको नाम जुनार गाउँपालिका राखेर जुनारको पहिचान दिन प्रस्ताव गरिएको […]

सम्बन्धित सामग्री

मिनी शीतभण्डारले वैशाखसम्मै बजारमा जुनार

गोलन्जोर गाउँपालिका ४ तीनकन्या आलेगाउँका किसान लोकबहादुर आलेमगरलाई जुनारले संवत्  फेरेर राम्रो भाउ पाइएला भन्ने लागेको थिएन । शीतभण्डारमा भण्डारण गरेको जुनार नयाँ सालसँगै दोब्बर बढी मूल्यमा किसानले बजारमा ल्याएका छन् । जुनारले संवत् फेरेर बिक्री भएको यो पहिलो पटक हो । यसअघिका वर्षमा फागुन मसान्तसम्म बिरलै जुनार बजारमा हुन्थ्यो ।

बगैंचामै रहे जुनार

गोलन्जोर गाउँपालिका–४ तीनकन्या माझकुभिन्डेकी बिन्दा ठकुरी बिहानै क्रेट बोकेर बगैंचामा पुग्छिन् । बोटमा पहेंलपुर भएर लटरम्म जुनार देखेर दंग हुने उनलाई बिक्रीको चिन्ता उत्तिकै छ । विगतका वर्ष यतिबेला बगैंचामा भएको जुनार आधा बिक्री भइसकेको थियो । यस वर्ष भने माघ दोस्रो साता सुरु हुँदासमेत चलेको छैन ।

जुनारले पहेँलपुर बगैँचा, किसान दङ्ग

जुनारको मुख्य क्षेत्रका रूपमा परिचय बनाएको सिन्धुलीको महाभारत उत्तरतर्फका बगैँचा यतिखेर पहेँलपुर बनेका छन् । जुनार बिक्रीबाट बर्सेनि किसानले दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी लिने गरेका छन् । सिन्धुली जिल्लामै सबैभन्दा बढी गोलन्जोर गाउँपालिका–४ को माझकुभिण्डे र आलेगाउँमा जुनार उत्पादन हुने गरेको छ । यो वर्ष कोभिड–१९ को हल्लाले गर्दा धेरैजसो जुनार बोटमा नै छन्, गाउँ नै पहेँलपुर छ ।

जुनारले पहेँलपुर बगैंचा, किसानलाई बिक्रीको चिन्ता

गोलन्जोर गाउँपालिका– ४ तीनकन्या माझकुभिण्डेका जुनार किसान लोकबहादुर आले मगर बोटमा पहेँलपुर भएर लटरम्म भएका जुनार देख्दा दंग छन् । तर उनलाई बिक्रीको चिन्ता उत्तिकै छ । गएको साल यतिखेर बगैंचामा भएको जुनार आधा बिक्री भइसकेको हुन्थ्यो । यो वर्ष भने व्यापारीहरु पुगेका छैनन् ।

जुनार उत्पादन बढ्ने

गत जेठ महिनामा परेको असिना पानीले भर्खरका जुनारका चिचिला झार्दा चिन्तित बन्नुभएका गोलन्जोर गाउँपालिका–५, रतनचुराका जुनार किसान निर्मल रम्तेल अहिले खुसी हुनुहुन्छ । जेठ महिनामा दुई पटक असिना पानी परेर जुनारका भर्खरका चिचिला सखापै पारेर बोटबाट झार्दा आम्दानी शून्य नै बन्ने भयो भनेर उहाँलाई निकै पिर परेको थियो । “असिना पानीबाट बचेका चिचिला अहिले ठूला भएका छन् ।

जुनार पकेट क्षेत्रमा सिँचाइ पोखरी

गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान रूपचन्द्र गुरुङले गत वर्षदेखि आठ रोपनी जमिनमा जुनार र सुन्तलाको व्यावसायिक खेती थाल्नुभएको छ । उहाँले सुक्खा मौसममा ती जुनार र सुन्तलाको बिरुवा संरक्षण गर्न भर्खरै दुई लाख ५० हजार रुपियाँ लगानी गरी १६ हजार लिटर क्षमताको सिँचाइ पोखरी पनि बनाउनुभएको छ ।