जुनारले पहेँलपुर बगैंचा, किसानलाई बिक्रीको चिन्ता

गोलन्जोर गाउँपालिका– ४ तीनकन्या माझकुभिण्डेका जुनार किसान लोकबहादुर आले मगर बोटमा पहेँलपुर भएर लटरम्म भएका जुनार देख्दा दंग छन् । तर उनलाई बिक्रीको चिन्ता उत्तिकै छ । गएको साल यतिखेर बगैंचामा भएको जुनार आधा बिक्री भइसकेको हुन्थ्यो । यो वर्ष भने व्यापारीहरु पुगेका छैनन् ।