जुनारको मुख्य क्षेत्रका रूपमा परिचय बनाएको सिन्धुलीको महाभारत उत्तरतर्फका बगैँचा यतिखेर पहेँलपुर बनेका छन् । जुनार बिक्रीबाट बर्सेनि किसानले दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी लिने गरेका छन् ।
सिन्धुली जिल्लामै सबैभन्दा बढी गोलन्जोर गाउँपालिका–४ को माझकुभिण्डे र आलेगाउँमा जुनार उत्पादन हुने गरेको छ । यो वर्ष कोभिड–१९ को हल्लाले गर्दा धेरैजसो जुनार बोटमा नै छन्, गाउँ नै पहेँलपुर छ ।