गोलन्जोर गाउँपालिका–४ तीनकन्या माझकुभिन्डेकी बिन्दा ठकुरी बिहानै क्रेट बोकेर बगैंचामा पुग्छिन् । बोटमा पहेंलपुर भएर लटरम्म जुनार देखेर दंग हुने उनलाई बिक्रीको चिन्ता उत्तिकै छ । विगतका वर्ष यतिबेला बगैंचामा भएको जुनार आधा बिक्री भइसकेको थियो । यस वर्ष भने माघ दोस्रो साता सुरु हुँदासमेत चलेको छैन ।